राजनीति


महन्थ ठाकुरको रिटको सुनुवाइ पनि न्यायाधीश खतिवडाकै इजलासमा

महन्थ ठाकुरको रिटको सुनुवाइ पनि न्यायाधीश खतिवडाकै इजलासमा

नेपालखबर
साउन १८, २०७८ सोमबार १३:३, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) बाट आधिकारिकता खोसिएपछि दलविहीन बनेका महन्थ ठाकुरले दायर गरेको रिटको सुनवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकिएको हो।

निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टी आधिकारिकता दिएपछि ठाकुर पक्ष दलविहीन छ। त्यही निर्णयले आफूमाथि अन्याय भएको जिकिरसहित ठाकुरले आयोग र यादव पक्षलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए।

उनले निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै र आयोगको निर्णयपछि दायर गरेका दुवै रिटलाई एकै ठाउँ राखेर सुनुवाइ हुने भएको छ। यसैबीच तत्कालीन नेकपा खारेजीमा परेसँगै केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका माओवादी केन्द्रका चारको नेताहरुको रिटको सुनुवाइ पनि खतिवडाको इजलासमै हुँदैछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad