राजनीति


अमेरिकी विदेशमन्त्री ब्लिंकेन मंगलबार भारत आइपुग्ने

अमेरिकी विदेशमन्त्री ब्लिंकेन मंगलबार भारत आइपुग्ने

अमेरिकी विदेशमन्त्री ब्लिंकेन


नेपालखबर
साउन १०, २०७८ आइतबार १२:१३,

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन मंगलबार भारत भ्रमणको लागि आउने भएका छन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार जुलाई २७ मा हुने भ्रमणका क्रममा ब्लिंकेनले मानव अधिकार र लोकतन्त्रसँग जोडिएका मुद्दामा भारतका शीर्ष नेताहरुसँग छलफल गर्नेछन्।

सो क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गर्ने कार्यक्रम रहेको बीबीसीहिन्दीले जनाएको छ।

अमेरिकाको विदेशमन्त्री भएयता ब्लिंकेनको यो पहिलो भारत भ्रमण हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .