राजनीति


सरकार सञ्चालन सहज बनाउन गठित कार्यदलको बैठक बस्दै

सरकार सञ्चालन सहज बनाउन गठित कार्यदलको बैठक बस्दै

पूर्णबहादुर खड्का


नेपालखबर
साउन १०, २०७८ आइतबार ११:३८,

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालन सहज बनाउन गठित कार्यदलको बैठक आज (आइतबार) बस्दै छ।

मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारको काम–कारबाही सम्बन्धमा साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलको बैठक अपराह्न बस्न लागेको हो। 

कार्यदलका सदस्य नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अपराह्न ४ बजे कार्यदलको बैठक बस्न लागेको जानकारी दिए। केही दिनअघि सत्ता साझेदार दलहरूले कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको हो। 

कार्यदलमा कांग्रेसबाट संयोजक खड्कासहित ३, नेकपा माओवादी केन्द्रबाट २ र जनता समाजवादी पार्टी (जसपा) बाट २ जना सदस्य छन्। कार्यदलमा महामन्त्री खड्कासहित कांग्रेस नेता डा. मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन्। 

माओवादी केन्द्रका नेता पुनले सरकारलाई काम गर्न सहज हुनेगरी कार्यदल बनाइएको र यसले मन्त्रालय बाँडफाँट, साझा नीति तथा कार्यक्रम र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई सुझाव दिने बताएका छन्। 

उनका अनुसार कार्यदलले कूटनीतिक क्षेत्रका अन्य र राजदूत नियुक्तिलगायतमा पनि गठबन्धनका दलबीच भएका सहमतिका आधारमा नाम टुंगो लगाउने काम गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .