ad ad

राजनीति


महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुन लागेको हो?

महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुन लागेको हो?

नेपालखबर
साउन ६, २०७८ बुधबार १०:८,

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आज (बुधबार) बिहानै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। 

स्रोतका अनुसार देउवा भेट्न ठाकुर बिहानै प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार)  पुगेका हुन्। 

त्यस क्रममा दुई नेताबीच सरकारमा सहभागिताका विषयमा पनि छलफल भएको  स्रोतले जनाएको छ। 

यसबाहेक ठाकुरले यसअघि आफ्नो पार्टीसँग सकारले गरेका सहमति कार्यान्वनयका विषयमा प्रधानमन्त्री देउवासँग कुरा राखेको स्रोतले जानकारी दिएको छ। 

यसअघि ओली सरकारमा सहभागी भएको जसपाको ठाकुर पक्षले समेत गत आइतबार प्रतिनिधि सभामा देउवालाई विश्वासको मत दिएको थियो।  

यो भेटसँगै ओलीको सत्ता ढलेर देउवा प्रधानमन्त्री हुनासाथ कित्ता फेरेको ठाकुर पक्ष अहिलेको सरकारमा पनि सहभागी हुने सम्भावना बढेको छ। 

उता देउवलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयदेखि सर्वाेच्च अदालतसम्म साथ दिएको जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवको समूह त सरकारमा जाने निश्चित छ।  

देउवाले अहिलेसम्म कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्री मात्र नियुक्त गरेका छन्। मन्त्रिपरिषद् विस्तारबारे देउवा छलफलमै छन्।  

उनले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने एमाले माधव नेपालको पक्षलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन्। तर नेपाल पक्ष यस विषयमा टुंगोमा पुग्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .