राजनीति


ओली सरकारका सबै नियुक्ति खारेज गर्ने देउवा र प्रचण्डबीच सहमति

ओली सरकारका सबै नियुक्ति खारेज गर्ने देउवा र प्रचण्डबीच सहमति

नेपालखबर
काठमाडौँ, साउन ५

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको छ।


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा देउवा र प्रचण्डबीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको हो।


‘प्रधानमन्त्रीसँग सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम बनाएर सार्वजनिक गरेरमात्रै क्याविनेट विस्तार गर्ने विषयमा छलफल भयो,’ बालुवाटार स्रोतले भन्यो।


अध्यक्ष प्रचण्डका स्वकीय सचिव विष्णु सापकोटाले पनि प्रधानमन्त्रीसँग सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम बनाउने विषयमा छलफल भएको जानकारी दिए। उनले भेटमा साउन ३ गते प्रतिनिधि सभा बैठकमा भएको उपस्थितिका बारेमा समीक्षा पनि भएको बताए।


स्रोतका अनुसार प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच पूर्ववर्ती सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने बारेमा पनि छलफल भएको छ। सरकारले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न ११ मुलुकका लागि गरिएका राजदूतहरुको सिफारिस खारेज गरेको थियो।


प्रधानमन्त्री देउवासँगको भेट अघि प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।


नेता नेपाल निवासमा भएको त्रिपक्षीय छलफलमा पनि सरकारका साझा कार्यक्रम ल्याउने, संसदमा भएको उपस्थिति, मन्त्रिमण्डल विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ।

साउन ५, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .