ad ad

राजनीति


कारागार विभागका निर्देशकले नख्खु पुगेर भेटे आलमलाई

कारागार विभागका निर्देशकले नख्खु पुगेर भेटे आलमलाई

नेपालखबर
साउन १, २०७८ शुक्रबार १५:५,

कर्तव्य ज्यानसहितको मुद्दामा दोषी ठहर भएर सजाय काटिरहेका मोहम्मद अफ्ताब आलमलाई कारगार व्यवस्थापन विभागका निर्देशक रामचन्द्र तिवारीले बिहीबार भेटेका छन्।

कांग्रेस दलका नेता शेरबहादुर देउवा सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री बनेलगत्तै आलम छुट्ने चर्चा चलिरहेका बेला विभागका निर्देशकले नख्खु पुगेर आलमलाई भेटेका हुन्। 

नख्खु कारागारका जेलर चिरञ्जीवी गिरीले निर्देशक तिवारी बिहीबार ललितपुरस्थित कारगारमा आएको पुष्टि गरेका छन्। तर उनले आलमलाई भेटेको कुराबारे बोल्न अस्वीकार गरेका छन्।

'विभागका निर्देशक एवम् सूचना अधिकारी रामचन्द्र तिवारी बिहीबार यहाँ आउनु भएको हो, उहाँले जेल निरीक्षण गर्नु भएको छ', उनले भने, 'यहाँ अरुलाई भेटेको मैले याद गरिनँ।'

स्रोतका अनुसार तिवारीले आलमसँग छुट्टै छलफल पनि गरेका थिए। तिवारीले गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा भेटेको बताइए पनि यसबारेमा गृहमन्त्रालयका अधिकारीले केही बोलेका छैनन्।

उता कारागार व्यवस्थापन विभागका महानिर्देशक फणिन्द्रमणि पोखरेलले भने यसलाई नियमित अनुगमन भएको टिप्पणी गरेका छन्। 

देउवाले यसअघि रौतहट पुगेका बेला आलमलाई छुटाउन पहल गर्ने बताएका थिए। 

यसैबीच असार २८ मा देउवा प्रधानमन्त्री भएसँगै आलमका समर्थकले रौतहटको राजपुर गाउँमा पीडित पक्ष र घटनाका प्रत्यक्षदर्शीहरुलाई आतंकित पारेको समाचार आइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .