प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेशले नभइ अदालतका कारण प्रधानमन्त्रीबाट हट्न परेको गुनासो गरेका छन्।
मंगलबार राष्ट्रका नाममा विदाई सम्बोधन गर्दै ओलीले जनादेश आफ्नो पक्षमा भएपनि अदालतका कारण देउवाको पक्षमा गएको दाबी गरे।
‘यो नै अन्तिम विदाइ पनि होइन। जनताको जनादेशले नभइ अदालतको परमादेशका कारणले सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु’ उनले भने, ‘जनादेश मेरो पक्षमा थियो अदालतको परमादेश देउवाजीको पक्षमा गयो।’
ओलीले सरकारबाट विदा हुन परेपनि राम्रो काम गरेका कारण चिन्ता नभएको दाबी गरे। आफ्नो नेतृत्वमा जनताले विकास र राहतको महसुस गरेको बताए।
‘मेरो नेतृत्वमा जनताले चौतर्फी ढंगले विकास र राहत महसुस गरेका छन्’ उनले भने, ‘त्यसैले मलाई चिन्ता छैन।’
66
Shares
प्रतिक्रिया