राजनीति


सर्वोच्चको आदेशविरुद्ध उत्रन महेश बस्नेतको निर्देशन

सर्वोच्चको आदेशविरुद्ध उत्रन महेश बस्नेतको निर्देशन

नेपालखबर
असार २८, २०७८ सोमबार १४:१५,

सर्वोच्च अदालतको फैसलाविरुद्ध उत्रन नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले उर्दी जारी गरेका छन्।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि एमालेका नेता बस्नेतले सामाजिक सञ्जालबाट माइतीघर मण्डलामा उत्रिएर अदालतको आदेशको विरोध गर्न आदेश दिएका हुन्।

बस्नेतले सर्वोच्चको फैसलाले देश द्वन्द्वमा फसेको दाबी गरेका छन्। 

युवा संघका सबैलाई माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गर्दै देशभर विरोध प्रदर्शन गर्न माग गरेका छन्।

‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाउँ,’ बस्नेतले लेखेका छन्,’ आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन। निर्दलीय शासन व्यवस्थाको पुन बिजारोपन भएको दिन। ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। 
उनले सर्वोच्चको फैसला कार्यान्वयन गराउनै असम्भव रहेको जिकिर गरेका छन्।

‘यो परमादेश कार्वानयन गर्ने असम्भाव छ,युवा संघले यसको विरुद्ध तुरुन्तै माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्दैछ। जो जहाँ छौ सहभागी बनौ। देश भर बिरोध प्रदर्शन गरौं।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad