राजनीति


युक्रेनका महिला सेनाले हिल लगाएर परेड खेलेपछि भयो खैलाबैला!

युक्रेनका महिला सेनाले हिल लगाएर परेड खेलेपछि भयो खैलाबैला!

हिल जुत्तामा युक्रेनका महिला सेना


नेपालखबर
असार २१, २०७८ सोमबार १७:४४,

महिला सेनालाई हिल लगाएर परेड खेल्न लगाएपछि युक्रेनी सरकारको चर्को रुपमा आलोचना भएको छ।

युक्रेनले आगामी महिना ३० औं स्वतन्त्रता दिवस मनाउँदैछ। सोभियत संघबाट छुट्टिएको ३० औं वर्ष पुग्नै लाग्दा त्यहाँ स्वतन्त्रता दिवसको लागि सेनालाई यतिबेला परेड प्रशिक्षण दिने कार्य जारी छ।

सोही क्रममा गत शुक्रबार मात्र त्यहाँको रक्षा मन्त्रालयले महिला सेनाहरुलाई हिल लगाएर परेड खेल्न लगाएका थिए।

महिलाले हिलमा परेड गरिरहेको तस्बिरहरु सार्वजनिक भएका छन्। इतिहासमै पहिलोपटक महिला सेनालाई रक्षा मन्त्रालयले हिलमा परेड खेल्न लगाएपछि युक्रेन सरकारको आलोचना भएको हो।

मन्त्रालयको वेबसाइटमा एक महिला क्याडेट इभाना मेदभिदको भनाइ पनि छापिएको छ। त्यहाँ उनी भन्छिन्,‘आज पहिलोपटक हिल जुत्तामा प्रशिक्षण भएको छ। यसमा प्रशिक्षण गर्नु बुट लगाएभन्दा निकै गाह्रो छ।’

महिला सेनालाई हिल लगाउन बाध्य बनाएको खबरसँगै युक्रेनको सांसदमै सरकारको चर्को आलोचना भएको छ। 

A handout photograph taken and released by the Ukrainian Defence ministry press-service on July 2, 2021 shows the Ukrainian female soldiers wearing heels while taking part in the the military parade rehearsal in Kiev.

सांसदहरुले देशको रक्षा गर्ने सेनाको लागि यो विषय लज्जास्पद भएको उनीहरुको भनाइ छ। 

गोलोस पार्टीकी सांसाद इना सोभसुन भन्छिन्,‘यो ज्यादै मूर्ख कार्य हो। यस्ता हानिकारक विचार कल्पना गर्न पनि गाह्रो छ।’ 

उनले महिला सेना पुरुष सेना सरह सक्षम भएको बताउँदै उनीहरुले देशमा शान्ति ल्याउन ज्यान आहुती दिइरहँदा यस्ता कार्यले उनीहरु मजाकको पात्र मात्र बनेको बताइन्। 

युक्रेनले रुसको समर्थन प्राप्त अलगाववादीसँग युद्ध गरिरहेको छ। सन् २०१४ यता सो युद्धमा १३ हजार सेनाले ज्यान गुमाइसकेका छन्।

त्यहाँको व्यवस्थापिका संसदकी उप सभामुख ओलेना कोन्द्रात्युकले पनि महिला सेनाको अपमान भएको भन्दै सम्बन्धित निकायले जनतासँग माफी माग्नुपर्ने बताएकी छिन्। द गार्जियन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .