प्रहरीले बृहत् नागरिक आन्दोलनका अभियन्ताहरुलाई बालुवाटारबाट पक्राउ गरेको छ।
नारायण वाग्ले, युग पाठक, अर्चना थापा, खगेन्द्र संग्रौला, रिता परियारलगायत दर्जन बढी पक्राउ परेका हुन्।
उनीहरुलाई मालीगाउँस्थित प्रहरी चौकीमा राखिएको सोही स्थानमा रहेका संगीत श्रोताले बताए।
श्राेतासहित अञ्जनबाबु शर्मा, निर्ग नविन, घिमिरे युवराज, सञ्जीव उप्रेती, अनुभव अजित, सरिता परियार पनि पक्राउ परेका छन्।
व्यवसायी दुर्गा प्रसाईंकाे झापास्थित मेडिकल कलेजलाई गैरकानुनी रूपमा प्रधानमन्त्रीकाे प्रत्यक्ष संलग्नतामा सम्बन्धन दिन लागेकाे भन्दै उनीहरू बालुवाटारमा विराेधमा उत्रिएका थिए।
प्रतिक्रिया