फोटोफिचर


गृहमन्त्रीको राजीनामा माग्दै मिटरब्याज पीडित प्रदर्शनमा (तस्बिरहरू)


सरोज नेपाल
बैशाख ९, २०८० शनिबार १७:२०, काठमाडौँ

आन्दोलनरत मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। शनिबार राजधानीको शान्तिबाटिकाबाट सुरु भएको प्रदर्शन भद्रकालीमा पुगेर कोणसभामा परिणत भएको थियो। 

कोणसभामा बोल्ने मिटरब्याज पीडित संघर्ष समितिका सदस्यहरूले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका छन्। 

यसअघि भएको शान्तिपूर्ण प्रदर्शनमा राज्यबाट दमन भएको भन्दै उनीहरूले गृहमन्त्रीको राजीनामा माग गरेका हुन्। 

गत वैशाख ४ गते रत्नपार्कको शान्ति बाटिकामा शान्तिपूर्ण प्रदर्शन गरिरहेका पीडित र प्रहरीबीच झडप भएको थियो। झडपमा ३० जना घाइते भएका थिए।

उनीहरूले रत्नपार्कमा दमन गर्ने प्रहरीमाथि कारबाही हुनुपर्ने, आफूहरुको माग सम्बोधन तुरुन्तै हुनुपर्ने लगायतका माग गरेका छन्। 

त्यस्तै, पीडितहरूले अब सिधै प्रधानमन्त्रीसँग वार्ता गर्ने पनि कोणसभामा बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .