फोटोफिचर


तीजको किनमेल : व्यवसायी भन्छन् – दुई वर्षयता पहिलेजस्तो व्यापार छैन (तस्बिर)


सरोज नेपाल
भदौ १५, २०८१ शनिबार १६:७, काठमाडौँ

तीज केही दिन मात्र बाँकी छ। काठमाडौंका बजार क्षेत्र ग्राहकले भरिएका छन्।

तीज आउनुअगावै तीजलक्षित कार्यक्रम बढ्दा यसले सुस्त रहेको बजारलाई थप चलायमान बनाएको देखिन्छ। 

काठमाडौँका असन, न्युरोड, कोटेश्वर, बौद्ध, गोंगबु कालीमाटीलगायतका क्षेत्रमा लत्ताकपडादेखि सुनसम्म खरिद गर्ने ग्राहकको भीड लाग्नेथालेको हो। 

तीजलाई लक्षित गरेर बजारमा महंगो सामानका तुलनामा यस वर्ष सस्ता सामानहरुले बजार भरिएको पाइन्छ। बजारमा ४ सय मूल्यदेखि नै रंगीविरंगी सारीहरु पाइएसँगै तीजमा महंगा सारीहरुका बिक्री घटेको छ।

सार्वजनिक तीजका कार्यक्रममा एउटै डिजाइनका सारी लगाउने प्रचलन बढेपछि सस्ता सारीहरुको माग बजारमा बढी देखिएको व्यवसायी बताउँछन्। असनमा श्री भैरव कुर्थी पसल सञ्चालन गरिरहेका कृष्ण पुडासैनी यस पटक सारीमा माग बढेको बताउँछन्। 

‘गत वर्षभन्दा यस वर्ष ४ सयदेखि ३ हजारसम्म मूल्य पर्ने सारीको माग बढेको छ तर यीबाहेककका कपडाहरुको व्यवसाय खासैै भएको छैन’, उनले भने। 

यस्तै बजारमा चुरा, धागो, सुनका नक्कली गहना जुत्ताचप्पललगायतको व्यवसायमा भीडभाड देखिएको छ। तीजलाई नै लक्षित गर्दै अहिले सुनका नक्कली गहनाहरु पनि बजारमा छ्याप्छ्याप्ती पाउन थालेका छन्। 

व्यापारी पुडासैनी बजारमा भीडभाड देखिए पनि कोभिडअगाडिको जस्तो व्यवसाय अझै हुन नसकेको गुनासो गर्छन्। 

‘कोभिडपहिले हामीले दशैँ र तीजमा ४ लाखसम्मको व्यापार गथ्र्यौँ अहिले सस्ता सामान मात्रै बिक्री हुँदा व्यवसाय घटेको छ’, उनले थपे, ‘यो पालि पनि खासै अपेक्षा गरेअनुसार व्यापार बढ्न सकेन।’ 

तीजलाई लक्षित गर्दै व्यवसायीले साउन महिनामै १ अर्ब रुपैयाँबराबरको फुटवेयर आयात गरिसकेका छन् भने १ अर्ब ४२ करोड रुपैयाँबराबरको कच्चा सुन आयात भएको छ। त्यस्तै ५ करोड २८ लाख रुपैयाँबरारबको सुनको गहना आयात भएको छ।

तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad