कारोबार


एसएमई कर्जा विस्तारमा जान बैंकहरुलाई पूर्वअर्थमन्त्री खतिवडाको सुझाव

एसएमई कर्जा विस्तारमा जान बैंकहरुलाई पूर्वअर्थमन्त्री खतिवडाको सुझाव

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १६:५६, काठमाडौँ

पूर्वअर्थमन्त्री युवराज खतिवडाले बैंकहरुलाई माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमई कर्जा विस्तारमा जान सुझाव दिएका छन्। 

बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै उनले यस्तो बैंकहरुलाई यस्तो सुझाव दिएका हुन्। 

उनले बैंकहरुबाट दुई सयवटा व्यवसायीहरुलाई मात्रै कर्जा थप गर्दै लगेको बताए। उनले बैंकहरुले २ सय उद्योगी व्यवसायीहरु माथि कर्जा थप्दै जाने तर कर्जाको पहुँच सबै व्यवसायीमा पुगेन भनेर कहिल्यै गन्तव्यमा नपुगिने बताए। 

उनले १२ लाख नागरिक गरिवीको रेखामुनी रहेको भन्दै २२ लाखलाई नेट गरी ३० लाख मानिसहरुलाई पैसा दिएको बताए। उनले माइक्रोफाइनान्स संस्थाले ल्याएका सदस्यहरुलाई आफूतिर तान्न भीडभाड गरेर मात्रै सबै व्यवसायीहरुको पहुँचमा कर्जा पुग्न नसक्ने बताए। 

उनले बैंकहरुलाई कोल्याट्रलबेस फाइनान्सिङमा जान समेत आग्रह गरे। उनले  आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पनि त्यसलाई राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने बताए। 

उनले बैंकलाई राष्ट्र बैंकले ५ प्रतिशत पु¥याउनै पर्ने स्ट्रेस पनि नदिन नहुने बताए। उनले बैंकहरुलाई आफैँ प्रोजेक्ट खोजेर लगानी गर्न समेत आग्रह गरे।

उनले कुनै प्रोजेक्ट डेभलप गर्नेमा नाफाको १ प्रतिशत भएपनि खर्च बैंकहरुले गर्न आवश्यक रहेको बताए। उनले प्रोजेक्टबेस फाइनान्सिङमा बैंकहरुको थप काम चाहिने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .