फोटोफिचर


नेपाली टोलीको हौसला बढाउँदै समर्थक (तस्बिरहरू)


सरोज नेपाल
असोज १०, २०८० बुधबार १८:१३, काठमाडौँ

साफ यू-१९ च्याम्पियन्सिप अन्तर्गत अहिले नेपालले छिमेकी प्रतिद्वन्द्वी भारतसँग खेलिरहेको छ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल भिडन्तमा नेपाल पहिलो हाफमै १ गोलले पछि परेको छ।

भारतले गोल गरे पनि दशरथ रंगशालामा रहेका सयौँ समर्थकहरुले नेपाली टोलीको हौसला बढाइरहेका छन्।

खेलको २६ औं मिनेटमा शाहिल खुर्सिदको गोलमा भारतले सुरुवाती अग्रता बनाउँदै घरेलु दर्शकलाई स्तब्ध पारे।

पहिलो हाफमा नेपालले केही राम्रा मुभहरु निकाले पनि फिनिसिङ राम्रो नहुँदा चुक्न पुगेको छ।

यो सेमिफाइनलमा विजयी हुनेले शनिबार हुने फाइनल भिडन्तमा पाकिस्तानसँग खेल्नेछ। पाकिस्तानले बुधबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई हराउँदै पहिलो पटक उपाधि यात्रा तय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .