ad ad

फोटोफिचर


पाटनढोका-रत्नपार्क-जोरपाटी बिजुली बस सुरु (तस्बिरहरू)


सरोज नेपाल
जेठ १, २०८० सोमबार १६:३९, काठमाडौँ

पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा सुरु भएको छ। २६ नम्बर रुट बन्द भएको लामो समयपछि साझा यातायातले विद्युतीय बस सेवा सुरु गरेको हो।

साझा यातायातले भित्राएका ४० वटा बस मध्ये पहिलो चरणमा ३ वटा उक्त रुटमा चल्ने भएका छन्। अबको २ हप्ताभित्र १५ वटा बस सञ्चालनमा आउने जनाएको छ।

ललितपुरका मेयर चिरिबाबु महर्जनले विहान ५ देखि राति ९ बजेसम्म नियमित बस सञ्चालन गर्न आग्रह गरेका छन्।

उनले पाटन ढोकाबाट पुरानो रुट बन्द भएकोमा धेरै स्थानीयबाट गुनासो आइरहेकोमा अब समाधान भएको भएको बताए।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले ललितपुर, काठमाडौं र गोकर्णेश्वर तीनवटा सहर जोड्न सहयोग पुग्ने बताए। सरकारले ३ अर्ब रुपैयाँ सेयरमा लगानी गरेकाले विद्युतीय बस खरिद गर्न सफल भएको बताए। थप ७०–८० वटा विद्युतीय बस ल्याउनकोलागि अध्ययन भैरहेको जानकारी दिए।

दीक्षितले चार्जिङ डिपोको लागि सरकारले जग्गा उपलब्ध नगराउँदा सबै बस सञ्चालनमा समस्या आएको बताए। तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा जग्गा खोज्न सल्लाघारी, खुमलटार, गुर्जुधारा, ट्रलिबस डिपो, पुलचाकको सहकारी विकास बोर्डको प्रांगण लगायतका ठाउँको सूची तयार भएपनि साझालाई दिन पहल नभएको गुनासो गरे।

ललितपुरका मेयर महर्जनले साझा यातायातलाई चार्जिङ स्टेशन राख्नकोलागि सहयोग गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .