ad ad

फोटोफिचर


काठमाडौँमा बाँचेको नेवारी संस्कृति (फोटोफिचर)


नेपालखबर
चैत २५, २०७९ शनिबार ११:३०, काठमाडौँ

नेवाः संस्कृति काठमाडौँ उपत्यकाको मौलिक संस्कृति हो। काठमाडौँ उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन्। बागमती नदीवरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन्। नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ। नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौँ उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्नयोग्य भूमिसँगै नेवारहरूको बसोवास उपत्यकामा सुरु भएको पाइन्छ। 

काठमाडौँका नेवारहरू राजधानीका आदिवासी मात्र होइनन्, कला, साहित्य,गीत–संगीत, खानपान, जात्रालगायत अनेकौँ पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन्। त्यसैले त काठमाडौँमा नेवाः संस्कृतिको छुट्टै महत्त्व र पहिचान छ। नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन्। अहिले पनि नेवारी समुदायका धेरै जना मूर्तिकला, परम्परागत संगीत–कला, चित्रकला, खाद्यकलालगायत सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन्। साहित्य साधना, कलाकारिता, राजनीतिलगायत क्षेत्रमा काठमाडौँका नेवारहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिन्छ।

विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमुना र मानवीय सहिष्णुताको आधार पनि हो। नेवारहरूको पर्व, नेवारी संस्कृति र पर्वअनुसारका फरक–फरक जात्राले विश्वमा नै एउटा पृथक जातका रूपमा रूपमा स्थापित गरेको छ। विश्वको सांस्कृतिक रंगमञ्चमा एउटा अब्बल र सर्वप्रिय भूमिका खेल्ने गर्छ नेवारी समुदायले। तर यसो भन्दैगर्दा समयको परिवर्तनले आज नेवारी संस्कृतिको अस्तित्व खतरामा पर्दै गएको पनि छ। 

न्युज एजेन्सी नेपालका फोटो पत्रकारले आजको फोटो फिचरमा काठमाडौँ उपत्यकाका नेवार जातिका रहनसहन र परिवेश उतारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .