ad ad

फोटोफिचर


कमरेड दीपक मनाङे (तस्बिरहरु)


सरोज बैजु
मंसिर २०, २०७९ मंगलबार १६:२९, काठमाडौँ

मनाङ प्रदेश सभा 'ख' बाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) मंगलबारदेखि औपचारिक रुपमा कम्युनिष्ट राजनीतिमा लागेका छन्।

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मनाङेलाई मंगलबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा महासचिव बेदुराम भुसालसहितले स्वागत गरे।

मनाङेलाई सोमबारै अध्यक्ष माधवकुमार नेपालले कोटेश्वरस्थित निवासमा पार्टी प्रवेश गराएका थिए।

मनाङेले आफू स्वतन्त्र रहनुभन्दा दलमा लागेर राजनीतिक गर्नु उचित ठानेकाले यो निर्णय लिएको पनि बताएका छन्। 

‘मैले स्वतन्त्र रुपमा रही जनताको सेवा गर्ने निर्णय गरेको थिएँ। तर, परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निष्कर्षमा म पुगेको छु,’ उनले भने, ‘आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशनअनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा अनुरोध गर्दछु।’

प्रदेश सरकारको पहिलो कार्यकालमा पनि एमाले नेता पृथ्वी सुब्बा गुरुङको सरकारमा मन्त्री बने। तर पछि गुरुङकै सरकार ढालेर कांग्रेसका कृष्ण चन्द्र पोखरेल नेपालीको सरकार बनाउन सघाएर त्यतै मिसिए।

तर यस पटक एमाले, माओवादी र कांग्रेसमा लाग्दा लाभको पद नपाउने भएपछि उनी समाजवादीतिर लागेका हुन्।

गण्डकीमा अहिलेसम्म समाजवादीका कुनै सांसद निर्वाचित भएका छैनन्। समानुपातिकबाट एकजना आउने सम्भावना छ।

यस्तोमा मनाङे मन्त्री हुन नसके संसदीय दलको नेता बनेर सुविधा उपयोग गर्न पाउनेछन्। यदि दलको नेता नबने उनी मन्त्री हुनेछन्। अध्यक्ष नेपालले उनलाई मन्त्री बनाउने सर्तमा भित्र्याएको स्रोतले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .