छापा खबर


यी हुन् चिनियाँ राष्ट्रपति सीको जीवनमा प्रभाव पार्ने ५ पुस्तक

यी हुन् चिनियाँ राष्ट्रपति सीको जीवनमा प्रभाव पार्ने ५ पुस्तक

नेपालखबर
असोज २७, २०७६ सोमबार १:३२,

चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तकप्रतिको लगाव गज्जबको छ, उनले एकपटक भनेका थिए, ‘मेरा धेरै सोखमध्ये अध्ययन मुख्य हो।’ चाहे घरमा होस् वा विदेश सयरमा उनी पढ्न रुचाउँछन्।

सीको जीवनमा प्रभाव पार्ने केही पुस्तक यस्ता छन् भनेर आजको नयाँ पत्रिकाले जानकारी दिएको छ।

यु फेईकी आमाले खोपाइदिएको ट्याटु
उक्त तस्बिर पुस्तकले प्राचीन चीनका राष्ट्रवादी जनरल यु फेई (सन् ११०३–११४१) को जीवनबारे बोल्छ। एउटा तस्बिरमा फेईकी आमाले ढाडमा ट्याटु खोपाइदिएकी छन्। ‘इमान्दार भएर देशको सेवा गर्नू।’ सीले ५ वा ६ वर्षको उमेरमै यो पुस्तक पढेका हुन्, त्यसयता यी शब्द उनको जीवनका अमूल्य सिद्धान्त बनेका छन्।

प्राचीन चिनियाँ क्लासिक
सीले निरन्तर रूपमा यस पुस्तकमा संग्रहित प्राचीन चिनियाँ कथाका उदाहरण दिन्छन्। जस्तो, ऐतिहासिक रकेर्डस् (सिन्जी), क्लासिक अफ पेयट्री (सी जिङ), बुक अफ राइट्स (लिजी), बुक अफ डकुमेन्ट्स (सान्जसु)।

द ओल्ड म्यान एन्ड द सी
अर्नेस्ट हेमिङवेको यो लघु उपन्यासले सीलाई निकै प्रभावित ग¥यो। अनुभवी बूढो माझी सान्टियागो र मार्लिन प्रजातिको माछाबीचको द्वन्द्वबारे उपन्यास केन्द्रित छ।

वार एन्ड पिस
चीनको दुर्गम क्षेत्रमा काम गर्दा एक शिक्षकसँग सीले यो पुस्तक मागेका थिए। लियो टल्सटयका पुस्तकमध्ये सीलाई सर्वाधिक मनपर्ने पुस्तक यही हो।

ह्वाट इज टु बी डन
निकोलाई चेर्नास्हिभसकईको यस पुस्तक पढेपछि सी निकै प्रभावित भएका थिए। पुस्तकको मुख्य पात्रको प्रभाव सीमा यतिसम्म पर्यो कि उनी डसना नओछ्याइ सुत्न थाले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad