खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजार मूल्यभन्दा सस्तोमा खसीबोका र च्यांग्राको बिक्री खुला गरेको छ।
कम्पनीले सोमबारदेखि थापाथलीस्थित गोदामबाट सहुलियत दरमा खसीबोका र च्यांग्राको बिक्री खुला गरेको हो।
कम्पनीले बजार मूल्यभन्दा खसी किलोमा ७० रुपैयाँ र च्यांग्रा प्रतिकिलोमा ३० रुपैयाँ सस्तोमा बिक्री खुला गरेको छ। यो खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेका छन्।
प्रतिकेजी १० रुपैयाँ छुट दिएर जिउँदो खसी ५ सय ५० र च्यांग्रा ७ सय ३० रुपैयाँमा बित्रक्री गरेको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया