ad ad

छापा खबर


कहिले बनेकाे हाे पशुपतिनाथ मन्दिर ? जीर्ण बनेर पानी चुहिन थाल्यो

कहिले बनेकाे हाे पशुपतिनाथ मन्दिर ? जीर्ण बनेर पानी चुहिन थाल्यो

नेपालखबर
असोज १३, २०७६ सोमबार १:२१,

पशुपतिनाथ मन्दिरको पूर्वतिरको टुँडालबाट पानी चुहिन थालेको छ।

भुँइचालोले बाहिरी स्वरुप केही नभए पनि मन्दिरको भित्र के भएको छ भनेर अध्ययन भएको छैन।

पानी चुहिन थालेपछि जीर्ण भएको हुनसक्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको खबर आजको कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले लेखेका छन्।

मन्दिरभित्र पुजारीबाहेक अरु छिर्न नपाउने परम्परा रहेकाले यसको अबस्था अध्ययन गर्न समस्या भएको विकास कोष सांस्कृतिक महाशाखा प्रमुख प्रेमहरी ढुंगाना बताउँछन्।

जान पाउनेसँग प्राविधिक ज्ञान नहुने र प्राविधिक ज्ञान हुने जान नपाउने समस्याले गर्दा प्राविधिक अध्ययन गर्न समस्या भएको कोषले जनाएको छ।

मन्दिरको भित्री काठ कुहिँदै गएको आशंका छ। राष्ट्रिय विभुती भिमसेन थापाले १८७५ सालमा मन्दिरको दक्षिणपट्टीको प्रदक्षिणा पथमा रहेको ढोकालाई चाँदीले मोरेर आकर्षक बनाएका थिए।

पशुपतिनाथको अहिलेको मन्दिर कुन बेला बन्यो भन्ने एउटै मत छैन।

केही इतिहासकारले यसको स्थापना विसं.६१९ मा र कोहीले चाहीँ विसं ५०७ मा बनेको बताउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .