ad ad

छापा खबर


बजार अनुगमन गर्ने सरकारी टोलीलाई व्यापारीद्वारा कुटपिटको प्रयास

बजार अनुगमन गर्ने सरकारी टोलीलाई व्यापारीद्वारा कुटपिटको प्रयास

नेपालखबर
असोज १३, २०७६ सोमबार ०:४९,

दसैँ नजिकिँदै जाँदा व्यवसायीले कालोबजारी गरेको उजुरी पनि बढ्दै गएको छ।

उपभोक्ताको यस्तो उजुरीपछि सरकारी संयन्त्रले अनुगमन बढाउँदै जाँदा व्यवसायीले भने एकपछि अर्को स्थानमा अनुगमनकर्तालाई नै अवरोध गर्न थालेका खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।

राजधानीको न्युरोडमा अनुगमनकर्तामाथि स्थानीय व्यवसायी जाइलागेको एक साता नबित्दै बालाजुको नयाँ बसपार्कस्थित बिजीमलका व्यवसायीले सरकारी अनुगमन टोलीलाई घेराबन्दी गरेर अनुगमनमा अबरोध पुर्याएका छन्।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा आइतबार गएको अनुगमन टोलीलाई व्यवसायीले व्यापार गर्ने बेलामा अनुगमन गरेको भन्दै सटर बन्द गरेर घेराबन्दी हालेका हुन्।

विभागका अनुगमन अधिकृत रमेशकाजी श्रेष्ठले बिक्री मूल्यभन्दा झण्डै दुईसय प्रतिशत मूल्य थपेर उपभोक्तालाई लत्ताकपडा र जुत्ता बिक्री गरिरहेको अबस्थामा कारबाही गर्न खोज्दा व्यापारीहरुले सबै सटरमा ताला लगाएर नाराबाजीका साथै टोलीलाई घेराबन्दी गरेको बताए।

श्रेष्ठले भने, ‘मन्त्रालय र विभागको सहयोगमा थप सुरक्षाकर्मी परिचालन भएपछि हामी हातपात हुनबाट जोगियौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .