ad ad

छापा खबर


ओली चाहन्छन्, तर विकासका काम किन हुँदैन?

ओली चाहन्छन्, तर विकासका काम किन हुँदैन?

नेपालखबर
असोज १३, २०७६ सोमबार ०:३१,

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्री र सचिवहरुसँग समीक्षात्मक बैठक राखे र सरकारी मुख्य आयोजनाहरुको काम ढिलो भएको तथा समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।

अघिल्लो आर्थिक वर्षको चारवटा समीक्षा बैठकमा पनि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसमक्ष यस्तै असन्तुष्टि पोखेका थिए।

उनले बोल्ने शव्द केही तलमाथि होलान् तर आशय एउटै छ, ‘भनेअनुसार काम भएन। मन्त्रालयहरुबीच समन्वय भएन।’

डेढ वर्षअघि प्रधानमन्त्री बनेका ओलीले एउटै खालको निर्देशन दिइरहेका छन्, तर काम भने नभएको खबर आजको कान्तिपुर दैनिकमा बलराम बानियाँ र दुर्गा खनालले लेखेका छन्।

ओलीले मन्त्री र सचिवहरुलाई सोभियत संघ कसरी ढल्यो भनेर उदाहरणसमेत पेस गरे।

डेढ वर्ष अघि ३ फागुनमा ओली संसदको दुई तिहाइको समर्थनसहित प्रधानमन्त्रीका बहाल हुँदा गेम चेन्जर प्रोजेक्ट (राष्ट्रिय गौरबका २१ आयोजना) को काम द्रुत गतिमा अघि वढ्ने अपेक्षा गरिएको थियो।

तर, २१ मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अरुको कामको प्रगति उत्साहजनक छैन।

दुई तिहाइ बहुमतको शक्तिशाली सरकार बनेको डेढ वर्ष बितिसक्दा पनि काम किन सन्तोषजनक छैन त? पूर्व सहरी विकाससचिव किशोर थापा आयोजना/विभागीय प्रमुख र विकासे मन्त्रालयका सचिवहरुको बारम्बार हुने हेरफेर, आयोजनामा आउने समस्या समयमै समाधान नगर्ने र आयोजनामा निर्माण गरिनुपर्ने सबै संरचनाको पटक- पटक ठेक्का आह्वान गर्ने प्रवृत्तिका कारण गौरवकासहित कुनै पनि ठूला परियोजनाको काम सन्तोषजनक ढंगले अघि बढ्न नसकेको बताउँछन्।

ओली प्रधानमन्त्री भएपछि पनि आयोजनाहरुमा यसअघि देखिएका समस्या अथावत रहेका थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .