ad ad

छापा खबर


मैले १७ वर्षसम्म गाडी देख्न पाएको थिइनँः दयाहाङ राई

मैले १७ वर्षसम्म गाडी देख्न पाएको थिइनँः  दयाहाङ राई

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ४:२२,

दयाहाङ राईको जन्म भोजपुरको खावामा ०३७ साल वैशाख १ मा भयो।

उनको बाल्यकाल गाउँमै वितेको थियो। ०६० सालदेखि अभिनय क्षेत्रमा आएका राईले हालसम्म ३५ वटा चलचित्रमा अनिनय गरिसकेका छन्।

उनका नाटको संख्या २५ जति छ। तर, अहिलेका चर्चित कलाकार राईले १७ वर्षसम्म गाडी चढ्न त के देख्न पनि नपाएको खबर आज शुक्रबार प्रकाशित भएको साप्ताहिकले छापेको छ।

‘मैले आफ्नो जीवनको धेरै लामो समय गाउँमा विताएँ,’ राईले भनेका छन्, ‘१८ वर्षको उमेरसम्म गाउँमै बित्यो। कलेज पनि मैले गाडी नभएको ठाउँमा पढेँ। गाडी देख्न मैले १७ वर्ष कुर्नुपर्यो।’

अहिले चाहीँ राईको गाउँ भोजपुरको खावामा गाडी पुगिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .