महँगा गाडी, हेलिकोप्टर किन्यो भनेर अघिपछि हामी उधुम मच्चाउँछौं र सरकारको उछितो नै काढ्छौं। तर यतिबेला त्यही कुरामा फेरि देश चुकेको छ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा उनले चढ्ने गाडी उतैबाट ल्याउनुप¥यो। सार्क सम्मेलनका निम्ति विदेशका राष्ट्र र सरकार प्रमुखको सवारी चलाउन दिल्लीबाटै भाडाका बुलेटप्रफुट गाडी ल्याउनुप¥यो।
अहिले चिनियाँ राष्ट्रपति सी चिनफिङ एक दिन, एक रातको समय निकालेर काठमाडौं आउने टुंगो लागिसक्दा पनि समस्या उही छ। सी मात्रै होइन, उनका साथमा चारवटा गाडी पनि उतैबाट आउँदै छ। यो खबरमा आज असोज ८ गतेको जनआस्था साप्ताहिकले छापेको छ।
यहाँ आउने, बस्ने, खाने, घुम्ने सबै सुविधा छ। गाडी पनि नभएको होइन। तर त्यो भरपर्दाे भएन, यसर्थ विदेशी विशिष्ट पाहुनाले कार्गाे बोइङमा आफ्नै गाडी बोकेर आउनुपर्ने बाध्यता आइलागेको हो।
प्रतिक्रिया