छापा खबर


दिदीबहिनीलाई बन्धक बनाएर अश्लील भिडियो बनाउने पक्राउ

दिदीबहिनीलाई बन्धक बनाएर अश्लील भिडियो बनाउने पक्राउ

नेपालखबर
असोज ८, २०७६ बुधबार १:४३,

रसुवा झोर्लेका किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे।

सोझी युवतीले युवकलाई राम्रै ठानिन्। उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन्।

हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले। बन्धक बनाएर राख्ने र अश्लील भिडियो बनाउने युवकप्रति युवती त्यस बेला अत्यन्त आक्रोशित भइन् जब युवकले प्रेमकै पासो थापेर उनकै बहिनीलाई पनि बन्धक बनाएर सँगै अश्लील चित्र खिच्न थाले।

अभियुक्त गोलेलाई प्रहरीले पक्राउ गरेको खबर आजको समाचारपत्र दैनिकमा काभ्रेबाट मोतीराम तिम्सिनाले लेखेका छन्।

निजका दुई श्रीमती छन् भने अन्य युवतीलाई पनि यौनशोषण गरेको र विभिन्न क्षेत्रका व्यक्तिलाई ठगी गरेको उजुरी प्रहरीकोमा दर्ता छ।

गत भदौ ६ गते पाँचखालस्थित घरबाट हराएकी युवती १४ गतेदेखि परिवारसँग सम्पर्कमा थिइनन्। १७ गते अपरिचित व्यक्तिले युवतीका बाबुआमालाई फोन गरी दुई लाख भए छोरी छुट्ने भन्दै धम्क्याउन थाल्यो।

परिवारले १८ गते प्रहरीकोमा जाहेरी दिए। प्रहरीले मोबाइल ट्रेसका आधारमा गोलेलाई पक्राउ गर्यो। गोले पक्राउ परेको दुई दिनपछि मात्रै बेपत्ता बनाइएकी युवतीलाई प्रहरीले फेला पारेको थियो।

अभियुक्त गोलेविरुद्ध जबरजस्ती करणीको अभियोगमा मुद्दा दर्ता गरिएको छ। प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार ठगी र जबरजस्ती गर्ने युवकका सम्बन्धमा अनुसन्धान जारी छ।

अनुसन्धान अधिकृत प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले गोलेविरुद्ध परेको जाहेरीका बारेमा भएको अनुसन्धानबाट करणीलगायतका ठगीको घटना पुष्टि हुँदै गएको बताए।

पीडित युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा जबरजस्ती करणीमा भदौ २३ गते उजुरी दर्ता गराएकी छन्।

गोलेले लामो योजनाका साथ युवतीमाथि शोषणको शृंखला शुरू गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

गोर्खालगायतका विभिन्न जिल्लामा घर बताउने, अविवाहित भन्दै युवतीहरूसँग प्रेम गर्ने र यौनशोषण गरी अलपत्र पारिदिने, विवाहित श्रीमती र बच्चाहरूलाई बेवास्ता गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad