छापा खबर


प्रहरी प्रधान कार्यालयमा अख्तियारको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

प्रहरी प्रधान कार्यालयमा अख्तियारको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

नेपालखबर
असोज ५, २०७६ आइतबार २३:५७,

लत्ताकपडा, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ।

अख्तियारको विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासनिक विभाग अन्तर्गतका आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।

प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात उपलव्ध गराउन निर्देशन दिँदा अटेर गरिएकाले आफैँ गएर नियन्त्रणमा लिइएको अख्तियार उच्च स्रोतले जनाएको छ।

भीभीआईपी, भीआईपीका लागि ३० वटा एस्कर्टिङ मोटरसाइकल खरिद, बुट, सर्ट, पाइन्ट, पिकअप भ्यान, मेसिन, औजार लगायतका समान खरिदमा अनियमिता भएको अख्तियारको आशंका छ।

त्यसैगरी गुणस्तर परीक्षणमा फेल भएर फिर्ता गरिएका डीएम बुट स्वीकार गरेर अनियमितता गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .