ad ad

छापा खबर


अफिस हिँडेकी १९ वर्षीया युवतीमाथि १० जनाद्वारा सामुहिक बलात्कार, नौ जना पक्राउ

अफिस हिँडेकी १९ वर्षीया युवतीमाथि १० जनाद्वारा सामुहिक बलात्कार, नौ जना पक्राउ

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ०:२,

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका ३ सेखुवामा कार्यालय हिँडेकी १९ वर्षीया युवतीमाथि १० जनाको समूहले सामुहिक बलात्कार गरेको छ।

एक सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा आइतबार बिहान ९ बजे घटना भएको हो।

मोटरसाइकल रोकेर युवक फोनमा कुरा गरिरहेको बेला सो समहूले नियन्त्रणमा लिएर कुटपिट गरेको र युवतीलाई नजिकै उखुवारीमा लेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

सबैले पालैपालो बलात्कार गरेपछि भागेका थिए। घटनास्थल भारतको सीमा नजिक पर्छ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवलपुरबाट ज्ञानु पंगेनीले लेखेकी छन्।

घटनाको एक घन्टापछि पीडितहरू इलाका प्रहरी कार्यालय बेलटारी पुगेका थिए । उजुरीलगत्तै पीडित किशोरीलाई अस्पताल लगेर प्रहरी अभियुक्तहरूको खोजीमा लागेको थियो । घटनामा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको, एकजना भने अझै फरार रहेको इप्रका बेलटारीका प्रमुख इन्स्पेक्टर प्रकाश श्रीमलले बताए । 

‘घटनास्थल भित्री सडकखण्डको एकान्तमा पर्छ,’ इन्स्पेक्टर श्रीमलले भने, ‘समयमै सूचना पाएकाले अभियुक्तहरूलाई छिटै पक्राउ गर्न सफल भयौँ । फरार रहेका एकजना पनि उम्किन सक्दैनन् ।’ पीडित किशोरी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्नहरू १९ देखि ४० वर्षसम्मका छन् । १९ वर्षका अमरनाथ भेडियार र पिन्टु राजभर, २२ वर्षका सन्दीप यादव, शिवराज राजभर र राजु भेसहर तथा २५ वर्षीय मनमोहन राजभर, ३२ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भीमललवा मुसहर र ४० वर्षीय नेत्र चौधरी पक्राउ परेका हुन् ।

उनीहरू सबै सुस्ता–३ कै भएको प्रहरीले जनाएको छ । तर, पीडितहरूसँग उनीहरूको चिनजान नभएकोसमेत प्रहरी बताउँछ । उनीहरूलाई जबर्जस्ती करणी मुद्दामा सोमबार अदालतबाट म्याद थपेर हिरासतमा राखिएको नवलपरासीका प्रहरी प्रमुख एसपी लालमणि आचार्यले बताए । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .