ad ad

छापा खबर


काकडभिट्टाबासीद्वारा सिलगुढी-काठमाडौँ सिधा बस सञ्चालनको विरोध

काकडभिट्टाबासीद्वारा सिलगुढी-काठमाडौँ सिधा बस सञ्चालनको विरोध

नेपालखबर
भदौ २३, २०७६ सोमबार ४:४७,

पन्ध्र दिन अघि पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले शुरु भएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन्।

भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौँ बस सञ्चालनले काकडभिट्टावासीको आर्थिक गतिविधि धराशायी बन्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएका हुन्।

उनीहरुले ‘काकडभिट्टा बचाऊ सरोकार समिति’ नै गठन गरेर विरोधका कार्यक्रम शुरु गरेका छन्।

नेपालको पर्यटकीय तथा धार्मिक महत्व बोकेको ऐतिहासिक शहर काठमाडौँमा कुनै पनि महत्व नभएको शहर सिलिगुढीबाट सिधा बस सेवा सञ्चालन हुनु नेपाल–भारतबीच भएको सम्झौता विपरीत रहेको स्थानीयको दावी छ। उनीहरुले सिलगुढी–काठमाडौँ बस सञ्चालन तत्काल रोक्न माग गरेका छन्।

प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीले सन् २०१४ डिसेम्बरमा नेपाल–भारतमैत्री बस सञ्चालनको बारे सम्झौता हुँदा राजधानीदेखि राजधानीसम्म या पर्यटकीय र धार्मिक शहरबाट सञ्चालन गरिने भनेर सम्झौता भएको बताए।

अहिले त्यो सम्झौता विपरीत देखिएको हुँदा स्थानीय विरोधमा उत्रिएको उनको भनाई छ।

“कोलकत्ता, गुहावटीदेखि काठमाडौँसम्म सञ्चालन गरे हाम्रो आपत्ति छैन, तर सम्झौताविपरीत भारतका महत्वहीन शहरबाट काठमाडौँजस्तो ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रमा सिधै बस सेवा सञ्चालन गर्न पाइँदैन तत्काल यसलाई स्थगित गरिनुपर्छ,” उनले भने।

यस विषयमा स्थानीयले केन्द्रीय र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराइसकेका छन्।

झापा ट्राभल्स सङ्घका अध्यक्ष निरबहादुर कार्कीले बस सेवाले पर्यटन व्यवसायमा सहयोग नपुग्ने बताए। ‘यसले पूर्वीमा मात्रै असर पुग्छ,’ उनले भने।

इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले सिलगुढीबाट काठमाडौँ हिँडेका बसको सीमानाकामा सामान्य चेकजाँच गर्ने गरेको बताए। “अध्यागमनले जस्तो यात्रुका परिचय खुल्ने कागजात हेर्न मिल्दैन, शङ्का लागेमा सामान्य मानिसलाई जस्तै सामानको चेकजाँच गर्छौं,” उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .