ad ad

छापा खबर


सेतो पुतलीदेखि सावधान!

सेतो पुतलीदेखि सावधान!

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ०:३३,

बेलुका राम्रैसँग सुतेका बागलुङ तित्याङका १२ वर्षीय सन्दीप परियारले भोलिपल्ट बिहान बेस्सरी आँखा मिच्न थाले। दाहिने आँखा मिच्दामिच्दै रातो भयो। धमिलो देख्न थाले।

उनी आमा सीता झाफुकमा लागिन्। बिसेक नभएपछि पर्सिपल्ट छोरालाई धौलागिरि अञ्चल अस्पताल पु¥याइन्।  त्यहाँबाट पोखराको हिमालय आँखा अस्पताल रेफर गरियो। आँखा दुखेको ४ दिनपछि बिहीबार पोखरा आउँदा सन्दीपलाई ‘सापु’ भएको पत्ता लाग्यो। अस्पताल भर्ना भएर उपचार गराइरहेका छन्।

पोखरामा भदौ १६ यता सापुका ८ बिरामी भेटिएका छन्। सुरुमा आँखा रातो भएर दृष्टि गुम्नेसम्मको खतरा हुने यो रोगको स्रोत पत्ता लाग्न सकेको छैन।

२०३२ मा पोखराको लामाचौरमा पहिलोपटक यो रोग भेटिएको थियो । आँखा रोग विशेषज्ञ मदनप्रसाद उपाध्यायले नेपालमा पहिलोपल्ट यो रोग पत्ता लगाएका हुन् । उनैले यो रोगलाई सिजनल हाइपरसुट पन्युवाइटिस (एसएचएपीयू–सापु) नाम दिएका हुन् ।यो खबर आजको कान्तिपुरमा दीपक परियारले लेखेका हुन्।

आँखा रोग विशेषज्ञ मदनप्रसाद उपाध्यायाका अनुसार हालमसम्म सेतो पुलती (मोथ) लाई सापुको कारकका रूवमा प्रायः जोडिने गरिएको छ।

सेतो पुतलीको संसर्गमा नआएका बिरामीमा पनि यो रोग देखा परेको छ ।

बिरामीको आँखामा सूक्ष्म जीवाणु (ब्याक्टेरिया) र विषाणु (टक्सिन) समेत पाइएको छ । ‘यो रोग लाग्ने स्रोतको पहिचान नभइसकेकाले रहस्यमयी छ,’ बीपी नेत्र प्रतिष्ठानका अध्यक्ष उपाध्यायले भने, ‘सेतो पुतलीका कारण सापु हुन्छ भन्ने तथ्यमा नजिक छौं तर शतप्रतिशत स्थापित गर्न सकेका छैनौं ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .