ad ad

छापा खबर


यस्ताे खतरा देखेपछि अन्ततः मोदी नआउने भए नेपाल

यस्ताे खतरा देखेपछि अन्ततः मोदी नआउने भए नेपाल

नेपालखबर
भदौ ११, २०७६ बुधबार २:३३,

भारतको अनिच्छाबीच जारी भएको नेपालको संविधानले तीन वर्ष पूरा गरेर चौथो वर्ष टेक्दैछ। यसबीच गंगामा थुप्रै पानी बग्यो र प्रकारान्तरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असोज ३ मा पर्नै नेपालको राष्ट्रिय दिवसमा प्रमुख अतिथि हुने दिन आउन २३ दिन बाँकी छ।

दुर्भाग्यवश, नेपालको संविधानभन्दा पनि महत्वपूर्ण अर्काे विषय आइलाग्यो। र, उनी अन्तिममा नेपाल नआउने टुंगो लागेको छ।

उपचारका लागि सिंगापुर उड्नुअघि सम्माननीय प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्तामा संविधान दिवसमा आउन आफ्ना समकक्षीलार्य निम्ता दिए। यस्तो निम्तो नेपालले यसअघि कुनै पनि विदेशी राष्ट्र वा सरकार प्रमुखलाई दिइएको थिएन। केपी ओली नै त्यस्ता प्रधानमन्त्री बने जसले क्रमभंग गर्ने चाहना प्रकट गरे।

भारतले गणतन्त्र दिवसमा हरके वर्ष कुनै न कुनै विदेशी राष्ट्र वा सरकार प्रमुखलाई प्रमुख अतिथि बनाएझैं नेपालको संविधान दिवसमा पनि निम्तो गर्ने क्रम भारतबाटै सुर गर्ने प्रमको सदिच्छा पूरा नसक्नाको कारणचाहिँ संयुक्त राष्ट्रसंघीय महासभा र महात्मा गान्धीसँग जोडिन्छ। हाम्रो संविधान असोज ३ अर्थात् सेप्टेम्बर २० तारिख जारी भएको हो।

तर मोदीलाई २२ तारिख दिल्लीको समारोह सकेर महात्मा गान्धीको १५०औं जन्मजयन्तीसम्बन्धी कार्यक्रमसमेत भ्याउने गरी अमेरिका पुग्नु छ। यो खबर आज भदौ ११ गते जनआस्था साप्ताहिकमा छापिएको छ।

न्युयोर्कमा महात्मा गान्धीबारे केपी ओलीलगायत संसारभरका नेताहरूको अभिव्यक्ति समेटिएको पुस्तक विमोचन हुँदैछ। संयुक्त राष्ट्रसंघीय महासभामा भेला हुने राष्ट्र र सरकार प्रमुखबीचको त्यस्तो अवसरलाई मोदीले गुमाउने कुरै भएन। यसमा अर्काे पनि कुरा छ, हिजो आफैंले रोक्न खोजको संविधानको दिवसमा चारै वर्षपछि गइदिँदा अघिल्लो कार्यकालको आफ्नो गल्ती महसुस गरेजस्तो, आत्मालोचना गरेजस्तो देखिने खतरा!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .