उपत्यकाभित्रका वाग्मती, विष्णुमतीलगायत मुख्य नदी र अन्य सहायक नदी नियन्त्रणका लागि मात्रै ५० अर्ब १० करोड लागत लाग्ने देखिएको छ।
वाग्मती, विष्णुमती तथा अन्य प्रमुख सहायक नदीलाई सफा, सुन्दर र हरियाली बनाउने उद्देश्यले नदी नियन्त्रण, ढल व्यवस्थापन र करिडोर सडक निर्माणका लागि ५० अर्बभन्दा बढी लागत लाग्ने सरकारी अध्ययनले देखाएको छ। यो खबर आजको कारोबार दैनिकमा प्रगति ढकालले लेखेकी छन्।
बजेट अभावका कारण हाल ७ वटा वाग्मती र सहायक नदीमा मात्रै ढल व्यवस्थापन, करिडोरमा सडक निर्माण तथा नदी नियन्त्रणको काम गर्न लागिएको छ।
3
Shares

प्रतिक्रिया