ad ad

छापा खबर


ओलीको पुनः नियुक्तिले जसपामा विवाद झन् चुलियो

ओलीको पुनः नियुक्तिले जसपामा विवाद झन् चुलियो

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार २:२५,

सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन।

शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति नहुँदा पार्टी विवाद झन् चुलिएको खबर आजको राजधानी दैनिकले छापेको छ।

जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनमा छन्। कांग्रेस, नेकपा ‘माओवादी केन्द्र)सँग मिलेर सरकार बनाउने भट्टराई र यादव प्रयास असफल भएको छ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले अन्तिम समयसम्म अडान नछोडेपछि भट्टराई–यादव योजना असफल बनेको छ । बिहीबार दिनभर भेटघाट–छलफलमा व्यस्त नेताबीच कुनै सहमति हुन सकेनन् । स्रोतका अनुसार ठाकुर–महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नउभिएपछि भट्टराई र यादव योजना ‘फेल’ भएको हो।

शीर्षनेतासँगको छलफलपश्चात् ठाकुर र महतोले आफूनिकट सांसदसँग भक्तपुरको एक रिसोर्टमा लगेर छलफल गरे । उनीहरूले कांग्रेससँग सत्ता सहकार्य नहुने भन्दै संसद्मा तटस्थ बसेको प्रस्ट पारे।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिनैलाग्दा जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले बिहीबार साँझ प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगे।

त्यसअघि उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा भेटेर सरकार निर्माणमा सहकार्य गर्न नसकिने जवाफ दिएका थिए । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले समेत यही निष्कर्ष निकाल्दै बहुमतीय सरकार बनाउने सम्भावना नरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .