छापा खबर


चिकित्सा शिक्षाका सबै विषयमा समान शुल्क निर्धारण, कति तोकियो शुल्क?

चिकित्सा शिक्षाका सबै विषयमा समान शुल्क निर्धारण, कति तोकियो शुल्क?

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार २:५८,

चिकित्सा शिक्षाका सम्पूर्ण विषयमा सबै शैक्षिक संस्थामा पहिलोपटक समान शुल्क निर्धारण भएको छ । यसअघि एमबिबिएस र बिडिएसमा मात्र शुल्क निर्धारण हुने गरेकोमा शैक्षिक सत्र ०७७–०७८ का लागि स्नातक तहका सबै विषयमा चिकित्सा शिक्षा आयोगले शुल्क निर्धारण गरेको हो ।

विगतमा एमबिबिएस र बिडिएसबाहेकका विषयमा विश्वविद्यालय तथा प्रतिष्ठानलाई शुल्क निर्धारण गर्न जिम्मा दिँदा शुल्कमा धेरै अन्तर भएपछि यो शैक्षिक सत्रका लागि सबैलाई समान हुने गरी आयोगले शुल्क निर्धारण गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

एमबिबिएस र बिडिएसबाहेकका विषयमा सम्बन्धित विश्वविद्यालयले शुल्क निर्धारण गरी चिकित्सा शिक्षा आयोगलाई जानकारी गराउँदै आएका थिए। विश्वविद्यालय र शैक्षिक कार्यक्रमअनुसार शुल्कमा निकै असमान हुँदा विद्यार्थीले समस्या भोगेका थिए।

आयोगका प्रवक्ता तथा सदस्य–सचिव डिल्लीराम लुइँटेलका अनुसार यसअघि बिएस्सी नर्सिङ र बिएनमा कुनै शैक्षिक संस्थाले पाँच लाख २५ हजारदेखि कुनैले सोही कार्यक्रमको ११ लाखसम्म शुल्क निर्धारण गरेका थिए ।

‘विगतमा एमबिबिएस र बिडिएसबाहेकका विषयमा विश्वविद्यालय तथा प्रतिष्ठानलाई शुल्क निर्धारण गर्न जिम्मा दिँदा शुल्कमा धेरै अन्तर भएपछि यो शैक्षिक सत्रका लागि सबैलाई समान हुने गरी आयोगले शुल्क निर्धारण गरेको हो,’ उनले भने । यो शैक्षिक सत्रका लागि बिएसी नर्सिङ र बिएनमा सात लाख ५० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ।

यस्तो छ आयोगले तोकेको शुल्क
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७७–०७८ का लागि एमबिबिएसमा उपत्यकाभित्र ४० लाख २३ हजार दुई सय २५ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ।

बिडिएसमा २० लाख १९ हजार पाँच सय ८० रुपैयाँ निर्धारण गरेको छ । एमबिबिएस र बिडिएमा अघिल्लो शैक्षिक सत्रको शुल्कलाई यथावत गरेको प्रवक्ता डिल्लीराम लुइँटेलले बताए । नर्सिङतर्फ साढे सात लाख रुपैयाँ निर्धारण गरेको छ । आयोगले गत माघमा भएको निर्णयअनुसार बुधबार विभिन्न विषयका १७ थरी शुल्क निर्धारण गरेको हो।

माइक्रोबायोलोजी, बायोकेमिस्ट्रीमा सात लाख ५० हजार शुल्क तोकेको छ । बाम्समा १० लाख ९२ हजार ६ सय, बिएनएसरपिबिएनमा पाँच लाख शुल्क निर्धारण भएको छ । बी फार्म, बिपिएच, बि अप्ट्म, बी पर टेक, बिएएसएलपीमा सात लाख ५० हजार शुल्क तोकेको छ । एमडि–एमएस क्लिनिकलमा २२ लाख ९९ हजार, एमडि÷एमएस बेसिक सान्समा १० लाख ४८ हजार एक सय ३५, एमडी आयुर्वेदमा नौ लाख २४ हजार तीन सय ६५ तोकेको छ।

एमएन, एमएससी नर्सिङ र एमपिएचमा आठ लाख ८८ हजार दुई सय ५० शुल्क निर्धारण भएको छ । एमफार्ममा पाँच लाख एक हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी एमएससी मेडिकल माइक्रोबायोलोजी, बायोकेमेस्ट्री र एमएसी एमआइटी, एमएलटीमा सात लाख ३१ हजार पाँच सय तोकिएको छ ।

एमएससी बेसिक साइन्समा सात लाख ३१ हजार पाँच सय तोकिएको छ । एमफिल क्लिनिकल साइकोलोजीमा दुई लाख ९३ हजार ६ सय ४५ र डिएम–एमसिएचमा २५ लाख शुल्क निर्धारण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .