ad ad

छापा खबर


आइफोन ११ का तीन नयाँ मोडल आउँदै, यस्ता छन् सुविधा

आइफोन ११ का तीन नयाँ मोडल आउँदै, यस्ता छन् सुविधा

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार ४:०,

विश्वकै महँगो स्मार्टफोन ब्रान्ड एप्पलले आगामी सेप्टेम्बरमा आइफोन ११ का तीन मोडेल विश्व बजारमा ल्याउने भएको छ।

आइफोनको नयाँ संस्करण कस्तो हुनेछ भन्ने अनुमान चलिरहँदा आइफोनको मोडेल र रङबारे नयाँ जानकारी लिक भएको छ।

हाल बजारमा चलिरहेको आइफोनको मोडेलहरूमा आइफोनको म्याक्स भर्सन छन्। म्याक्सपछिको नयाँ भर्सनमा एप्पलले म्याक्स र प्रो भर्सनमा आइफोन ल्याउने भएको छ। यो खबर आजको कारोबारमा छापिको छ।

सार्वजनिक सूचनाअनुसार एप्पलका नयाँ स्मार्टफोनहरू आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स हुनेछन्।

एप्पलले ल्याउने बेसिक मोडेलको नाम आइफोन ११ रहेको छ, जसको स्क्रिन साइज ६.१ इन्चको छ।

त्यस्तै अर्काे आइफोन ११ प्रो मोडेल छ, जसको स्क्रिन साइज ५.८ हुनेछ भने सबैभन्दा महँगो ठूलो साइजको आइफोनको नाम आइफोन ११ प्रो म्याक्स हुनेछ, जसमा ६.५ इन्चको स्क्रिन राखिनेछ।

आइफोन ओरिजिनल ३ कलर अप्सनमा आउनेछ भने यसमा ग्लास ब्याकका साथमा मेट टेक्चर हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .