कस्मिरमा भारत र पाकिस्तानबीचको नियन्त्रण रेखामा भएको गोली हानाहानमा परी पाँच भारतीय र तीन पाकिस्तानी सैनिक मारिएको पाकिस्तानको डन न्युजले जनाएको छ।
नियन्त्रण रेखामा भएको गोली हानाहानमा तीन पाकिस्तानी सैनिक सहिद भएको पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गाफुरले बताएका छन्।
भारतीय सेनाले सीमा क्षेत्रमा गोली प्रहार गरेपछि जवाफी फायरिङ गरिएको गाफुरको ट्विटमा उल्लेख गरिएको छ। ट्विटमा केही भारतीय सैनिक घाइते भएको उल्लेख गरिए पनि संख्याबारे केही बताइएको छैन। यो खबर आजको राजधानी दैनिकले छापेको छ।
उनले लेखेका छन्– ‘सीमा क्षेत्रमा दुई देशका सैनिकबीच गोली हानाहान भएको छ।’
प्रतिक्रिया