छापा खबर


नेपालमा कोरोना खोप लगाएका १० जनाको मृत्यु, कारण पत्ता लगाउन अनुसन्धान सुरु

नेपालमा कोरोना खोप लगाएका १० जनाको मृत्यु, कारण पत्ता लगाउन अनुसन्धान सुरु

नेपालखबर
चैत २२, २०७७ आइतबार २:९,

कोरोनाविरुद्धको खोप लगाएका ज्येष्ठ नागरिकमध्ये १० जनाको मृत्यु भएपछि कारण पत्ता लगाउन सरकारले अनुसन्धान सुरु गरेको छ।

म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायत जिल्लाका १० ज्येष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान सुरु गरेको हो।

खोपपश्चात् हुने अवाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा. धनराज अर्यालका अनुसार मृत्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता लगाउन अनुसन्धान सुरु गरिएको हो। यो खबर आजको नेपाल समाचारपत्रले छापेको हो।

डा. अर्यालका अनुसार मृत्यु हुनेमा दीर्घरोगी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता कमजोर भएका ज्येष्ठ नागरिक छन्। उनीहरूका आफन्तले पनि मृत्युका कारण खोप नभई कालगति र अरू नै रोगका कारण भएको जनाएका छन्।

तर, खोपको प्रभावका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने नियमका कारण सरकारले अनुसन्धान सुरु गरेको बताइएको छ।

नेपालले कोरोनाविरुद्धको खोप अभियानमा अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड प्रयोग गरिरहेको छ। पहिलो र दोस्रो चरणमा गरी हालसम्म १७ लाखले यो खोप लगाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad