छापा खबर


प्रचण्ड अझै किन बनिरहेका छन् ओलीको टेको?

प्रचण्ड अझै किन बनिरहेका छन् ओलीको टेको?

नेपालखबर
चैत २२, २०७७ आइतबार १:४३,

देश चुनावमा गए ओलीले चाहेको पूरा हुन्छ, प्रधानमन्त्री भइरहे दाहालको दुःख बेकार बन्छ। समर्थन झिकौं– चुनाव हुने जोखिम, नझिकौं– ओली अडिइरहने स्थिति। त्यही भएर सकी–नसकी ओली सरकारलाई टेको दिइरहेछन् दाहाल।

केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै पर्ने सबैभन्दा ठूलो इख माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई छ। ओली सरकार माओवादीकै समर्थनमा टिकिरहेको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा अखण्ड भण्डारीले लेखेका छन्।

ओली गर्जिएर भन्छन्, ‘हुती छ भने समर्थन झिकेर देखाऊ।’ समर्थनको साँचो दाहालकै हातमा छ, तर उनी झिक्न आलटाल गरिरहेका छन्।

किन? यही अचम्मको विरोधाभासमा नेपाली राजनीति घुमिरहेको छ। त्यसका केही जटिलता छन्, जुन वर्तमानमा दाहाल भोगिरहेका छन्।

प्रधानमन्त्री ओलीले बारम्बार भन्ने एउटा वाक्य छ– ‘मेरै पार्टी (तत्कालीन नेकपा)का साथीहरू सरकार बनेको पहिलो दिनबाटै ढाल्न कम्मर कसेर लागे।’ प्रतिपक्ष मौन रहेको सहज वातावरणमा पनि ओलीका तीन वर्ष सरकार टिकाउने हिसाबकिताबमै सकिए।

एउटै पार्टीमा, त्यसमा पनि सहअध्यक्ष हुँदा दाहालको नेतृत्वमा ‘ओली हटाऊ अभियान’ चल्यो। जब विवाद चरमोत्कर्र्षमा पुग्यो– ओली अध्यक्षबाट मात्र होइन, साधारण सदस्यबाटै ‘हटाइए’। कनिष्ठ अध्यक्ष बनाइए– माधवकुमार नेपाल। प्रधानमन्त्रीबाट हटाउने प्रयास भने सफल भएन।

दाहाल–नेपालले अविश्वासको प्रस्ताव ल्याउँदै गरेको थाहा पाउनासाथ प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गराइदिए। पछि सर्वोच्च अदालतको आदेशबाट त्यो पुनःस्थापना भयो। त्यसले ओलीलाई असहज बनाउँदै लगेकै क्षणमा अदालतको अर्को आदेशले नेकपा एकता टुट्यो। एमाले–माओवादी विभक्त भए।

माओवादीसँग मिलेर प्रधानमन्त्री बनेका ओली हटाउने एक मात्र सजिलो उपाय छ– समर्थन फिर्ता लिने। तर, त्यसमा दाहाल अघि होइन, पछि सरिरहेका छन्। कारण हो– जे गरे पनि परिस्थिति ओलीअनुकूल छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad