छापा खबर


पेनकिलर खानुहुन्छ? बिग्रेला है मिर्गौला

पेनकिलर खानुहुन्छ? बिग्रेला है मिर्गौला

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार १:४८,

शरीरको वजन बढिरहेको तथा उच्चरक्तचाप र मधुेमह जस्ता रोग छन् र नियन्त्रणमा छैन भने त्यसले मिर्गौला बिगार्नसक्ने खतरा देखिएको छ।

प्रायः मानिसको आफ्नै गल्तीको कारण मिर्गौला बिग्रने क्रम बढ्दै गएको चिकित्सकहरूले बताएका छन्। यो खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

चिकित्सकका अनुसार आरमदायी जीवनशैली र अस्वस्थ खानाका कारण तौल बढ्नु, शरीरमा कल्स्ट्रोल बढ्नु, उच्च रक्तचाप र मधुमेहका रोगी बर्सेनि बढिरहेका छन् । मधुमेह तथा उच्च रक्तचापको कारणले पछि गएर मिर्गौला फेल हुन्छ । त्यसैगरी नेपालीहरूले भान्छामा नुन तथा चिल्लो पदार्थको बढी प्रयोग गर्ने कारणले पनि पछिल्लो समय मिर्गौला फेल हुँदै गएको छ । पर्याप्त पानी नपिउनाले पनि मिर्गौला फेल हुन्छ।

पछिल्लो समय कुनै समस्या भयोे कि नजिकको औषधि पसलबाट आफूखुसी पेनकिलर किनेर खाने पवृत्तिले पनि मिर्गौला बिग्रिँंदै गएको पाएको छ। ‘मुख्य कुरा नदुख्ने औषधि जथाभावी प्रयोग भएको देखिन्छ,’ शिक्षण अस्पताल महारागन्जका मिर्गौला रोग विशेषज्ञ डा. महेश सिग्देलले भने।

सिग्देलका अनुसार अहिलेको समयमा मानिसको अस्वस्थ जीवनशैलीले मिर्गौला बिग्रिने दर बढ्दै गएको हो । विशेष गरी आरामदायी जीवनशैलीले बढाएका उच्चरक्तचाप, मोटोपना, मधुमेह, युरिक एसिड जस्ता रोगले मिर्गौला तीब्र रुपमा बिग्रिँदै गएको छ । उच्च क्यालोरी भएका खाना खाने र व्यायम नगर्ने, दैनिक खानामा नुन र तेलको अत्यधिक प्रयोग गर्ने गर्ला उच्च रक्तचाप, मधुमेह जस्ता रोग बढेको र यी रोगहरूले कालान्तरमा मिर्गौलालाई असर गर्ने चिकित्सकाको भनाइ छ।

नेपालीहरूको औसत आयु बढेर ७० पुगेको छ । यो अवधिमा उच्चरक्तचाप तथा मधुमेह जस्ता रोगहरू बढ्दै जाँदा मिर्गौला पनि बिगारेको देखिन्छ । ‘पहिला उच्च रक्तचाप र मधुमेह भएमा अकालमै मृत्यु हुन्थ्यो, उच्च रक्तचाप र मधुमेहका बिरामी बढी उमेरसम्म बाँच्छन् र यो समूहमा मिर्गौला बिग्रिने दर पनि बढी छ,’ उनले भने।

पछिल्लो समयमा तरकारीमा अत्यधिक मात्रामा बिषादी प्रयोग हुँदा पनि मिर्गौला बिगार्नमा सहयोग भइरहेको छ । डा। सिग्देलका अनुसार नेपालमा गलत जीवनशैलीकै कारण प्रति वर्ष औसत ३ हजार जनाको मिर्गौला फेल भइरहेको छ । ती सबै मिर्गौला प्रत्यारोपण गनुपर्ने अवस्थाका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad