ad ad

छापा खबर


शान्ति सेनामा ५० प्रतिशत महिला पठाउन राष्ट्रसंघको आग्रह, नत्र सहभागिता नै रोक्ने चेतावनी

शान्ति सेनामा ५० प्रतिशत महिला पठाउन राष्ट्रसंघको आग्रह, नत्र सहभागिता नै रोक्ने चेतावनी

नेपालखबर
साउन २६, २०७६ आइतबार ०:५२,

संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा महिला सहभागिता ५० प्रतिशत पुर्‍याउन नेपाललाई आग्रह गरेको छ।

कम्तीमा २० प्रतिशत महिला सहभागी नभए शान्ति मिसनमा सहभागिता नै रोक्ने चेतानवी दिएको छ। 

शान्ति मिसनमा धेरै महिला सुरक्षाकर्मी आवश्यक भएकाले राष्ट्रसंघले सहभागिता बढाउँदै लगेको हो। यो खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्। 

राष्ट्रसंघकै आग्रहअनुसार सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरीले शान्ति मिसनमा महिलाकामे सहभागिता कम्तीमा २० प्रतिशत पु¥याउने तयारी गरेका छन्।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिस)ले असन्तुष्टि व्यक्त गर्दै आएको छ । जातीय द्वन्द्वमा फसेको विश्वकै कान्छो मुलुक दक्षिण सुडानमा मात्र करिब १९ सय नेपाली सुरक्षाकर्मी कार्यरत छन्। 

‘महिलाको संख्या बढाउन बारम्बार हामीले नेपाल एफपियूलाई आग्रह गर्दै आएका छौँ,’ अनमिसकी प्रहरी कमिसनार उनाइसी बोलातुलु भुनिवाकाले शुक्रबार नेपाली पत्रकारहरूसँगको भेटमा भनिन्, ‘रुवान्डाको एउटा एफपियूमा ५० प्रतिशत महिला छन्, महिलाको सहभागितामा नेपालले रुवान्डालाई उछिन्छ भन्ने मेरो विश्वास छ ।’ अनमिसमा खटिएका प्रहरीमध्ये करिब ५० प्रतिशत महिला आवश्यक भएको उनको भनाइ छ। 

अनमिस मिसनमा विभिन्न देशमा करिब एक हजार पाँच सय प्रहरी कार्यरत छन्। जसमध्ये तीन सय ४५ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट छन् । त्यसमा ३० जना मात्र महिला प्रहरी छन्। जुन १० प्रतिशतभन्दा कम हो । त्यसैले अनमिसले लिखित रुपमै महिलाको संख्या बढाउन ताकेता गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .