चर्चित लोकदोहोरी ‘गलबन्दी’ की गायिका हुन्– शान्तिश्री परियार।
प्रकाश सपुतसँग गीत गाएकी उनीसँग राज सरगमगले गरेको कुराकानी आजको नयाँ पत्रिकामा छापिएको छ।
प्रस्तुत छ– त्यसको छोटो अंश :
प्रकाश सपुतसँग गाएको ‘बोल माया’ हिट भएपछि ‘गलबन्दी’ मा पनि अफर आएको हो?
त्यो त प्रकाशजीलाई नै थाहा होला। तर उहाँको छनोटमा म पर्नु नै आफूलाई भाग्यमानी ठान्छु। बोल माया बोल गीत गाउनुअगाडि हाम्रो सामान्य चिनजान थियो। एक/दुईवटा स्टेज कार्यक्रममा सँगै पुगको पनि थियौँ। तर सँग काम भने गरेका थिएनौं। लमजुङमा भएको एउटा कार्यक्रममा उहाँले सोध्नुभयो, ‘तपाईंकोतिर भाका हालेर रुन्छन् कि रुँदैनन्?’ मैले थाहा नपाएको सुनाएँ। उहाँले त्यस्तो गीत तयार गर्नुभएको रहेछ। मैले प्रयास गर्ने बताएँ। उहाँले गाउने अवसर दिनुभयो।
प्रतिक्रिया