छापा खबर


अन्तर्राष्ट्रिय तुलनामा नेपालमा हवाई इन्धन दोब्बर महँगो

अन्तर्राष्ट्रिय तुलनामा नेपालमा हवाई इन्धन दोब्बर महँगो

नेपालखबर
साउन २४, २०७६ शुक्रबार १:२६,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय दरभाउअनुसार हवाई इन्धन (एटीएफ) उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव गर्ने भएको छ।

आयल निगमले अहिले दोब्बर महँगोमा बिक्री गर्दै आएको छ।

नेपालमा हवाईसेवा सञ्चालन गर्दै आएका स्वदेशी तथा विदेशी एयरलाइन्सले यहाँ हवाई इन्धन अन्तर्राष्ट्रिय बजारको तुलनामा दोब्बर महँगो भएको गुनासो गरेपछि मन्त्रालयले सस्तोमा दिलाउन पहल थालेको हो। यो खबर आजको कान्तिपुरमा सुरज कुँवरले लेखेका छन्।

मन्त्रालयले भदौ पहिलो साता प्रधानमन्त्रीको अध्यक्षतामा हुने ४६ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक ९एनड×्याक० मा हवाई इन्धनको मूल्य घटाउने प्रस्ताव लैजाने निर्णय गरेको छ । ‘मन्त्रालयले यो विषय यसपटकको एनड्याकमा लैजाने निर्णय गरेको छ,’ पर्यटन सचिव मोहनकृष्ण सापकोटाले भने।

बिहीबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले यसबारे निर्णय लिएको हो।

वायुसेवा सञ्चालन गर्दा कुल लागतको ३० प्रतिशत हवाई इन्धनमा खर्च हुन्छ। ‘विश्वव्यापी रूपमा सार्वजनिक हवाई यातायातमा सरिक रहने वायुसेवा कम्पनीहरूबीच तीव्र प्रतिस्प्रर्धा गर्नुपर्ने भएकाले व्यावसायिक रूपमा दरिलो बनाउन सरकारले यस्ता संस्थालाई छिमेकी मुलुक वा अन्तर्राष्ट्रिय बजारमा रहेको मूल्यबमोजिम हवाई इन्धन उपलब्ध गराउने व्यवस्था हुनुपर्ने,’ पर्यटनमन्त्री योगेश भट्टराईले अध्यक्षता गरेको बैठकको निर्णयमा भनिएको छ।

पर्यटन सचिव सापकोटाले यो निर्णय पारित भए स्वदेशीरविदेशी एयरलाइन्सलाई समान दरमा हवाई इन्धन उपलब्ध गराइने बताए।

हाल विदेशी एयरलाइन्ससँग निगमले प्रतिकिलोलिटर (१ हजार लिटर) हवाई इन्धनको १ हजार ५० अमेरिकी डलर (१ लाख १८ हजार ५ सय ५० रुपैयाँ) लिन्छ । उनीहरूले निगमले तोकेको मूल्य भारतलगायत अन्य मुलुकको दाँजोमा दोब्बर हाराहारी रहेको भन्दै मन्त्रालयलाई गुनासो राख्दै आएका छन्।

भारतमा प्रतिकिलोलिटर ७ सय २० अमेरिकी डलर पर्छ।

‘संसारभर हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ५ सय ८३ अमेरिकी डलर हाराहारी चलिरहेको छ,’ विश्वभरका ३ सय हाराहारी गन्तव्यमा उडान भर्ने एक विदेशी एयरलाइन्सका नेपाल प्रमुखले भने, ‘नेपालमा भने आयल निगमले अन्यत्रको व्यापार घाटा सन्तुलन गर्न हामीलाई दोब्बर भाउमा इन्धन बिक्री गर्छ। यसमा कुनै व्यावसायिक तर्क छैन । यो खुला लुट हो।’

उनले इन्धन महँगो भएकै कारण नेपालको पर्यटन व्यवसायमा असर परेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad