छापा खबर


भागरथी प्रकरण : मुख्य उद्देश्य बलात्कार कि हत्या? यी हुन् सुल्झन बाँकी पाँच प्रश्न

भागरथी प्रकरण : मुख्य उद्देश्य बलात्कार कि हत्या? यी हुन् सुल्झन बाँकी पाँच प्रश्न

नेपालखबर
फागुन ६, २०७७ बिहिबार १:१,

बैतडीकी किशोरी भागरथी भट्टको हत्या पूर्वयोजनाअनुसार भएको प्रहरीको निष्कर्ष छ । गाउँकै भाइ पर्ने किशोरले उनको हत्या गरेको प्रहरी दाबी छ । तर, मृतककै केही आफन्त भने किशोर एक्लैले यति जघन्य अपराध गरेकोमा पूर्ण विश्वस्त छैनन्।

भागरथीका बुबाले आफ्नो परिवारका एक महिलालाई दुव्र्यवहार गरेको प्रतिशोधमा आफूले भागरथीसँग बदला लिएको किशोरको बयान छ । तर, यो कथित घटना भागरथी र आरोपी किशोर जन्मिनुभन्दा पनि करिब १८ वर्ष पुरानो हो । त्यसैको बदलास्वरूप अहिले यति जघन्य अपराध भएकोमा पीडित परिवार ढुक्क हुन सकेको छैन।

मृतकका दाइले ती किशोरविरुद्ध किटानी जाहेरी दिइसकेका छन् । ‘प्रहरीको आग्रहमा जाहेरी दिएका हौँ, तर उसले एक्लै यत्रो घटना गरायो भन्नेमा हामी विश्वस्त छैनौँ,’ भागरथीका काका शिवराज भट्टले भने ।

आजको नयाँ पत्रिका दैनिकले भागरथी हत्या प्रकरणमा स्पष्ट हुन बाँकी केही प्रश्नसहितको समाचार छापेको छ।

१.मुख्य उद्देश्य बलात्कार कि हत्या?
आरोपी किशोरले हत्या गर्ने योजनाले बाटोबाट धकेलेर ३० मिटर तल खसालेको र घाइते अवस्थामा घाँटी अठ्याएर हत्या गरेको बयान दिएका छन् । बलात्कार गर्नका लागि कपडा फुकालिदिएको, तर बलात्कार नगरी छाडेको प्रारम्भिक बयान दिएका छन् । तर, पीडितको निजी अंगबाट रगत बगेको अवस्थामा शव भेटिएको थियो । त्यति मात्र होइन, पोस्टमार्टम रिपोर्टले पनि बलात्कार भएको पुष्टि गरेको छ । ‘पीडितको निजी अंगमा निकै ठूलो क्षति भएको छ, सुत्केरी हुँदा महिलाको जुन अवस्था हुन्छ, त्यही अवस्था उनको थियो,’ अस्पताल स्रोतको भनाइ छ । मृतकको स्तनमा समेत टोकिएका घाउहरू भेटिएका छन् । त्यसैले बलात्कार गरेको होइन भन्ने आरोपितको दाबी र उपलब्ध प्रमाण मिल्दाजुल्दा छैनन् । यो विषयमा प्रहरी आपmैं पनि स्पष्ट भइसकेको छैन।

२.३५ वर्षअघिको घटनामा अहिले प्रतिशोध !
आरोपी किशोरले आफ्नो परिवारको एक महिला सदस्यमाथि भागरथीका बाबुले यौन दुव्र्यवहार गरेकाले आपूmले बदला लिन यो अपराध गरेको बहाना बनाएका छन् । दुई परिवारबीच यो विषयमा विगतमा मनमुटाव भएको गाउँलेले पनि बताएका छन् । तर, यो कथित घटना करिब ३५ वर्षअघिको हो, स्वयं भागरथी र आरोपी किशोर जन्मिनुभन्दा १८ वर्षअघि भएको यो घटनाको बदला लिन किशोरले अहिले हत्या गरेका हुन् भन्नेमा छिमेकीहरू विश्वस्त छैनन् । त्यसैले आफ्नै आपराधिक मानसिकताले बलात्कार गरेर अहिले प्रतिशोधको लेपन लगाएको हुन सक्ने छिमेकीहरूको भनाइ छ।

३.अनुसन्धान पूरा नहुँदै प्रहरीलाई माला

आरोपी किशोरलाई अदालतमा पेस गरेपछि अनुसन्धान सफल भएको भन्दै भागरथीको गाउँमा प्रहरीलाई सम्मान गरिएको छ । स्थानीय खोँचलेक प्रहरी चौकीमा डिआइजी उत्तम सुवेदीसहित टोलीलाई खादा ओढाइएको थियो । एकातिर भागरथीका दाइले नै आरोपी किशोरविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । अर्कोतिर, किशोर एक्लैले यो अपराध गरेका होइनन् भनेर परिवार भन्दै छ। त्यति मात्र होइन, अनुसन्धान नसकिँदै प्रहरीलाई पूmलमाला गरिएको छ। यो विरोधाभासका विषयमा भागरथीका काका शिवराजले भने, ‘दाइ सोझो छ, प्रहरीले उजुरी दिनु भनेपछि दिएका हौँ, पूmलमाला त वडाध्यक्षहरूले लगाइदिएका हुन् ।’ प्रहरीको सम्मान गर्न दोगडाकेदार– ७ का वडाध्यक्ष भरत महरा, ३ का अध्यक्ष चन्द्रदेव जोशी र भागरथी न्याय अभियानका अभियन्ता भुवन कार्की खोँचलेक प्रहरी चौकी पुगेका थिए।

४.आरोपी हिरासतमा, शव अस्पतालमा
दोषीलाई छिटोभन्दा छिटो गिरफ्तार गर्न दबाब दिँदै आएका परिवारले अभैm पनि शव बुझ्न मानेका छैनन् । ‘आरोपी किशोर एक्लैले यति ठूलो अपराध गराउन सक्छ भन्नेमा हामीलाई विश्वास छैन, घटनाको सम्पूर्ण अनुसन्धान सकिएको छैन, न्याय पाउने निश्चित नभएसम्म शव उठाउँदैनौँ,’ पीडित परिवारका आफन्तको भनाइ छ । १४ दिनदेखि राखिएको शव सुरक्षित गर्न अस्पताललाई समेत हम्मे परेको छ।

५. डिएनए परीक्षणमा अन्योल
भागरथीको शरीरबाट संकलन गरिएको नमुना प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा ल्याइएको छ, तर पीडित र आरोपीको डिएनए परीक्षण गराउने कि नगराउने भन्नेमा प्रहरी आफैँ प्रस्ट भइसकेको छैन । अपराधका घटनामा डिएनए परीक्षण गराउने प्रचलन आम होइन । निर्मलाको बलात्कार तथा हत्याको घटनामा डिएनएको भर पर्दा अनुसन्धान नै बिथोलिएको प्रहरीको आन्तरिक मूल्यांकन छ । खासगरी डिएनएको नमुना संकलनमा पर्याप्त सावधानी नभएमा परीक्षणले समेत सही नतिजा नदिन सक्छ । अहिले पक्राउ परेका किशोरका विरुद्ध पर्याप्त प्रमाण भएकाले त्यसैका आधारमा मुद्दा चलाउन सकिने विषयमा प्रहरी छलफलमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad