छापा खबर


संसद विघटन : सर्वोच्चले फैसला दिनै लाग्दा न्यायाधीशहरुलाई बढाइयो सुरक्षा

संसद विघटन : सर्वोच्चले फैसला दिनै लाग्दा न्यायाधीशहरुलाई बढाइयो सुरक्षा

नेपालखबर
फागुन ५, २०७७ बुधबार २:७,

राजनीतिक दलका नेतासँग रहेको सुरक्षादस्ता घट्दैछ, तर न्यायाधीशका निम्ति भने हतियारधारी थपिँदैछन।

सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दाका कारण श्रीमान्हरूको विशेष सुरक्षा र अदालतमा निगरानीको क्रमलाई सोमबारदेखि नै बढाइएको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

हिजोदेखि एमिकश क्युरीका सदस्यले राय दिन थाल्नुअघि नै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालतका सबै न्यायाधीशको लागि प्रहरी हेडक्वार्टरस्थित सुरक्षा सेवा निर्देशनालयले सई र असई दर्जाको निजी सुरक्षा अधिकृत (पिएसओ) दिँदै आएको छ।

सोमबारदेखि प्रतिनिधिसभा विघटनको सुनुवाईमा संलग्न संवैधानिक इजलाशका तीनजना न्यायाधीशको हकमा भने एक–एकजना सिपाही थप गरिएको छ । ती सिपाही महानगरीय प्रहरीको सर्वोच्च अदालत समन्वय तथा सुरक्षा इकाईबाट खटिएका हुन् । प्रहरीले सर्वोच्चका श्रीमानको व्यक्तिगत सुरक्षा र घरमा निगरानीका लागि एक हवल्दार र तीन सिपाहीको सुरक्षा दस्ता खटाउने गर्दछ।

त्यसमध्ये विश्वम्भर श्रेष्ठकोमा दरबन्दी अनुसारकै तैनाथी रहेको तर सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसीसँग एक–एक हवल्दारसहित दुई सिपाही मात्र राखिएको पाइयो।

पुलिस हेडक्वार्टरले गरेको सुरक्षा चुनौतिको विश्लेषणपछि सोमबारै एक–एक सिपाही थप गरिएको हो । न्यायाधीशसँगै हिँड्ने पिएसओसँग १४ राउण्ड गोली लाग्ने एउटा अटोमेटिक इटालियन रिभल्वर हुन्छ । प्रहरीले पिएसओ खटिनेहरुलाई दुई किसिमका रिभल्वर (पेस्तोल) दिने गर्दछ।

त्यसमध्ये भूपूहरुका हकमा चाइनिज रिभल्वर दिइएको छ । चाइनिज रिभल्वर इटालियनको तुलनामा केही पुरानो हो । चलाउन सहज र तीव्र गतिमा निशाना लाग्ने कारण बढी संवेदनशील पदाधिकारीलाई इटालियन अटोमेटिक रिभल्वर दिइन्छ । पुलिस हेडक्वार्टरले न्यायाधीशका पिएसओसँग हतियारको अवस्थाबारे सोधखोज गर्ने क्रमलाई पनि तीव्र पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad