गत साता विवाह भएको समाचार आउँदा गलत हल्ला भन्दै खण्डन गरेकी बलिउड अभिनेत्री राखी सावन्त हनिमुनकै फोटो बाहिरिएपछि चुप भएकी छन्।
आफ्नो विवाह नभएको र आफूले एउटा विज्ञापनका लागि बेहुलीका रूपमा मोडलिङ गरेको राखीले बताएकी थिइन्।
तर यतिबेला उनी सिन्दुर लगाएर मंगलसूत्र र चुरासहित विवाहित नारीको भेषमा हिँडेको तस्बिर सञ्चारमाध्यमले बाहिर ल्याएका छन्।

याे खबर आजको राजधानी दैनिकमा छापिएकाे छ।
उनका हनिमुनका केही फोटोसमेत बाहिरिएका छन्। यसपछि उनी चुप भएकी छन्।

प्रतिक्रिया