ad ad

छापा खबर


अचाक्ली महंगियो भान्सा, खानेतेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँसम्म बढ्यो

अचाक्ली महंगियो भान्सा, खानेतेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँसम्म बढ्यो

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ०:५१,

कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ।

तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा राजेश बर्माले लेखेका छन्।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो दुई साता अवधिमा दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ। ‘पछिल्लो डेढ वर्षमा सबैभन्दा बढी खानेतेलमा मूल्य बढेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रतिलिटरमा १ सय रुपैयाँसम्म बढ्यो।’

संघका अनुसार तोरीको तेल दुई साताअघि प्रतिलिटर २ सय ४५ मा पाइन्थ्यो। अहिले २ सय ७५ देखि २ सय ८० रुपैयाँसम्म पर्छ। भटमासको तेल प्रतिलिटर १ सय ७५ देखि १ सय ८० रुपैयाँसम्म पथ्र्यो। यसको मूल्य बढेर २ सय २५ रुपैयाँ पुगेको छ। त्यस्तै २ सय १० देखि २ सय २० प्रतिलिटरमा पाइने सनफ्लावरको तेल २ सय ३५ देखि २ सय ४० पर्न थालेको छ।

प्रत्येक जातको चामलको भाउ प्रतिबोरा ५० देखि १ सय रुपैयाँसम्म वृद्धि भएको संघले जनाएको छ। प्रतिकिलो १ सय २५ मा पाइने हरियो केराउको मूल्य १ सय ४० र सेतो केराउको मूल्य ८० रुपैयाँबाट १ सय रुपैयाँ पुगेको छ।

संघका अनुसार भारतमा चामल उत्पादनमा कमी र भारतले नै भियतनामबाट महँगोमा आयात गरेकाले नेपालमा पनि त्यसको प्रभाव परेको हो। नेपालमा चामल उत्पादन भए पनि अधिकांश उपभोक्ताले प्रयोग गर्ने भारतबाट आयातीत चामल हो।

उत्पादक र सरकारको मिलेमतोमा खानेतेलको मूल्य बढेको श्रेष्ठको दाबी छ। उनका अनुसार विश्वबजारमा कच्चा पदार्थको मूल्यवृद्धि, भाडा वृद्धि, कच्चा पदार्थ अभावलगायत समस्या कात्तिकमा नभए पनि उद्योगबाट कात्तिकमै उत्पादन भएको र हाल बजारमा आएको खानेतेलको मूल्य बढेको हो।

‘खुद्रा व्यापारीले पनि मौकाको फाइदा उठाउँदै तोकिएको मूल्यभन्दा बढी उपभोक्ताबाट असुल गरेका छन्’, श्रेष्ठले भने। यो विषयमा आफूले जानकारी दिए पनि सरकारी निकायले चासो नदेखाएको उनको गुनासो छ। बजारमा देखिएको मूल्यवृद्धि पछाडि व्यापारीको मनपरीलाई उपेक्षा गर्न सकिन्न। तर, यससँगै ग्लोबल मार्केटको प्रभावलाई पनि नकार्न मिल्दैन।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .