ad ad

समाज


भारतले दिएको कोरोना भ्याक्सिन कत्तिको सुरक्षित छ? कस्ता व्यक्तिले लगाउन हुँदैन?

भारतले दिएको कोरोना भ्याक्सिन कत्तिको सुरक्षित छ? कस्ता व्यक्तिले लगाउन हुँदैन?

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ०:१६,

विभिन्न देशमा कोरोनाविरुद्ध खोप लगाउने क्रम चलिरहेका बेला नेपालमा पनि यस्तो खोप भित्रिएको छ।

भारतले बिहीबार अनुदानमा नेपाललाई १० लाख डोज खोप पठाएको हो। तर यो खोप कुन हो? कस्तो हो? लगाउँदा के होला भन्ने आशंका जनमानसमा छ।

किनकि भारतमा खोप लगाएका ५८० जना बिरामी परे भने २ जनाको मृत्युसमेत भयो। नर्बेमा पनि काेराेनाविरुद्ध खाेप लगाएका २९ ज्येष्ठ नागरिकको मृत्यु भएको खबर सार्वजनिक भयो।

उसो भए भारतले दिएको कोरोना खोप कस्तो हो? कस्ता व्यक्तिले लगाउने वा नलगाउने? कत्तिको सुरक्षित छ?

यस विषयमा बताउँदै छन्, जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे :

–अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको, एस्ट्रेजेनेका कम्पनीले उत्पादन गरेको, भारतको सिरम इन्स्टिच्युटमा यसको प्लान्ट स्थापना गरिएको कोभिसिल्ड नामक खोपको १० लाख डोज भारत सरकारको उपहारका रूपमा बिहीबार नेपाल आएको छ।

–भारतमा यो खोप ४ लाख व्यक्तिलाई लगाउँदा २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तीमध्ये १ जनाको हर्टअट्याकबाट मृत्यु भएको थियो। नर्बेमा २९ जना ज्येष्ठ नागरिकको मृत्यु भएको थियो तर त्यहाँ यो खोप होइन, फाइजरको खोप लगाइएको थियो।

–नेपालमा आएको कोभिसिल्ड खोप तुलनात्मक रूपमा सुरक्षित मानिएको छ। यो खोपको भारतलगायत धेरै देशमा ठूलो जनसंख्यामा क्लिनिकल ट्रायल गरिएको थियो।

–भारतमा तेस्रो चरणको क्लिनिकल ट्रायल हुँदै गरेको खोप यो नभएर भारत बायोटेकको कोभ्याक्सिन नामक खोप हो। भारतमा यसको पनि भ्याक्सिनेसन भइरहेको छ। कोभ्याक्सिनलाई भारतका प्रतिपक्षी पार्टीले भाजपाको खोप भनेर यो खोप नलगाउने भनेका छन्। नेपालमा आएको यो खोप हैन।

–नेपालमा आएको कोभिसिल्ड खोप ३ हप्ताको अन्तरमा २ वटा लगाउनुपर्छ। दोस्रो मात्रा लगाएको १ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्धको एन्टिबडी बन्ने बताइएको छ। तसर्थ पहिलो खोप लगाएपछि पनि कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ। जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्नुपर्दछ।

–यो खोपको भारतमा ०.१५ प्रतिशतलाई साइड-इफेक्ट देखिएको जनाइएको छ। खोप लगाएपछि रियाक्सन भएर एनाफाइलेटिक सकको खतरा हुनसक्छ। यस्तो भएमा आकस्मिक सुईको प्रयोगले अधिकांश व्यक्ति निको हुन्छन्।

–सामान्य साइड इफेक्टक रूपमा ज्वरो आउने, टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुख्ने, गिर्खापर्नेलगायत हुनसक्छ, जुन ५ देखि ७ दिनसम्म रहनसक्छ।

–कुनै खोपको एलर्जी भएका, कुनै औषधिको एलर्जी भएका, अण्डालगायत खाद्य पदार्थको एलर्जी भएका तथा विगतमा कुनै पनि औषधिको रियाक्सन भएका व्यक्तिले विशेष परामर्श गरेर मात्र चिकित्सकको निगरानीमा खोप लगाउनुपर्छ।

–गर्भवती, सुत्केरी, गर्भवती हुने योजना बनाएका महिला तथा बालबालिकामा यथेष्ट अनुसन्धान भएको छैन। तसर्थ नलगाउनु सुरक्षित हुन्छ।

–दीर्घरोगहरू जस्तै : क्यान्सर, मुटु, किड्नी, फोक्सो, मस्तिष्क, ब्लिडिङ डिसअर्डर, प्लेटलेटसम्बन्धी समस्या, स्नायु प्रणाली आदि समस्या भएका व्यक्तिले यथेष्ट सुरक्षा अनुभूति भएपछि वा विशेषज्ञको निगरानीमा केही समयपछि लगाउनु बुद्धिमानीपूर्ण हुन्छ।

–नेपालमा आएको यो खोप पहिले स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई लगाउने सरकारले नीति बनाएको छ।

–कोभ्याक्स सुविधाअन्तर्गत २० प्रतिशत जनसंख्यालाई पुग्नेगरी खोप आउँछ, उक्त खोप २ महिनापछि ३ प्रतिशत जनसंख्याका लागि आउँछ। बाँकी १७ प्रतिशतका लागि उपलब्धताअनुसार बिस्तारै आउँछ।

–अन्य खोप सरकारले तथा निजी क्षेत्रबाट उपलब्ध गराउने सरकारको योजना छ। खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, जनताको सम्पर्कमा रहेर काम गर्ने कर्मचारी, ज्येष्ठ नागरिक, दीर्घ बिरामी, वयस्क, एकपटक संक्रमण भएका अनि युवामा क्रमशः रहेको छ।

–२०२२ सम्म सबै नागरिकको खोपमा पहुँच हुनसक्छ।

–महामारीको नियन्त्रण हुने बेलासम्म खोप लगाए पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ।

याे पनि : 

भारतीय काेराेना भ्याक्सिनका ‘साइड इफेक्ट’ कति गम्भीर?

नर्वेमा कोरोना खोप लगाएका २९ वृद्धको मृत्युले उब्जाएका आशंका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .