ad ad

छापा खबर


यसरी डुबाइयो विराटनगर जुटमिल

यसरी डुबाइयो विराटनगर जुटमिल

नेपालखबर
साउन १७, २०७६ शुक्रबार १:५०,

देशको पहिलो उद्योग भनेर राष्ट्रले विराटनगर जुटमिलमाथि गर्व गर्छ, तर उद्योग आफै दयनीय अवस्थामा छ ।

राजनीतिक हस्तक्षेपले थला परेको उद्योगलाई उठाउने नाममा समेत पटकपटक भ्रष्टाचार भएको छ ।

राणाकालमै अर्थात् वि.सं. १९९३ मा स्थापना भएको उद्योग पटकपटक बन्द भयो, पटकपटक खुल्यो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा अजित अधिकारी र गणेश लम्सालले लेखेका छन्।

पछिल्लोपटक अद्यावधिक गर्दा विराटनगर जुटमिल लिमिटेडको सेयर पुँजी एक करोड १० लाख रुपैयाँको थियो । प्रतिकित्ता एक सय ६० को हिसाबले यो रकमलाई गणना गर्दा ६८ हजार सात सय ५० कित्ता सेयर हुन आउँछ ।

तर, २ असोज ०७३ मा सञ्चालक समिति अध्यक्ष नीलहरि काफ्लेको अध्यक्षतामा बसेको बैठकले सेयर पुँजीको हिसाब गर्दा ६६ हजार ६ सय ८९ कित्ता मात्र फेला परेको दाबी गर्‍यो ।

अभिलेखमा नभेटिएको भन्दै दुई हजार ६१ कित्ता सेयर बिक्रीका लागि खुला गर्ने, तर त्यस्तो सेयर बहालवाला सेयरधनीले मात्र खरिद गर्न पाउने निर्णय गर्‍यो । कम्पनीको सेयरको मूल्य तोक्ने बैठकको अध्यक्षता गरेका काफ्ले आफैले पाँच सय चार कित्ता, सञ्चालक समिति सदस्य मुकुन्दप्रसाद नेपालले एक हजार तीन सय ७४ र दिवाकरराज पाण्डेले एक सय ८३ कित्ता सेयर लिए ।

यसरी सञ्चालक समितिमा रहेका सात सदस्यमध्ये तीनजना (काफ्ले, नेपाल र राजेन्द्र कार्की) मात्र सहभागी भएर सेयर बाँडफाँड गरे ।

यस वेलासम्म नयाँ सेयरधनीले जम्मा ५०–५० कित्ता सेयर पाएका थिए । तर, यही सेयरका आधारमा उनीहरूले नयाँ २५ हजार कित्ता सेयर किन्न अधिकार प्राप्त गरे ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .