ad ad

छापा खबर


उपनिर्वाचन मंसिर १४ मा गर्न सिफारिस

उपनिर्वाचन मंसिर १४ मा गर्न सिफारिस

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ०:३८,

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा मंसिर १४ गते शनिबार उपनिर्वाचन गराउन सरकारलाई सिफारिस गरेको छ।

राजनीतिक दलसँग छलफलपछि आयोगले बिहीबार सरकारलाई परामर्शसहित सिफारिस गरेको हो। यो खबर आजको कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन्।

तीनै तहका रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगले सुझाब दिएको छ।

प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, उपमहानगर प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४१ पद रिक्त छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .