ad ad

छापा खबर


के कारणले हुन्छ पिनास? यसबाट कसरी जोगिने ?

के कारणले हुन्छ पिनास? यसबाट कसरी जोगिने ?

नेपालखबर
साउन १६, २०७६ बिहिबार ३:२४,

पटकपटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुवाँ, तथा एलर्जीका कारण नाकमा हुने संक्रमणले पनि पिनासको जोखिम बढाउँछ।

यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा नेपालगन्ज मेडिकल कलेज एन्ड टिचिङ अस्पतालका कान, घाँटीरोग विशेषज्ञ डा.अंशु शर्माले लेखेका छन्।

नाकको हड्डी बांगो हुनु पनि पिनासको प्रमुख कारण हो । हड्डी बांगो हुँदा सिँगान वा फोहोर पदार्थ जमेर बस्छ, जसले श्वासप्रश्वासमा समस्या पैदा गर्छ र पिनास हुन्छ।

लक्षण
पिनासको प्रारम्भिक लक्षण नाक बन्द हुने, टाउको र अनुहारको छेउछाउमा दुख्नु हो ।

बिस्तारै पिनासको संक्रमण बढ्दै गएमा ज्वरो आउने, आँखाको तल्लो भाग र जिउ दुख्नेजस्ता लक्षण देखिन्छन् ।

पिनास भएमा बच्चामा पटकपटक रुघा लाग्ने र ज्वरो आउने हुन्छ। यसको उपचार समयमै नगरेमा नाकमा मासु पलाउने समस्या हुन सक्छ । बिस्तारै संक्रमण फैलँदै आँखामा पुगेमा पिप जम्ने तथा अन्य जटिल समस्या देखापर्न सक्छन्।

 रोकथाम र उपचार
रुघाखोकी लागिरहेमा पिनास हुने भएकाले सकभर चिसोबाट बच्नुपर्छ । नाकमा हुने एलर्जीबाट जोगिनुपर्छ । भिटामिन सीयुक्त खानेकुरा र प्रशस्त पानी सेवन गरेमा पिनासबाट बच्न सकिन्छ।

धुवाँ–धुलोबाट जोगिनुपर्छ । नाकमा समस्या देखिनेबित्तिकै चिकित्सकको सल्लाह लिएमा पिनास हुनबाट बच्न सकिन्छ ।

सुरुवाती चरणमा एन्टिबायोटिक औषधिको प्रयोगबाट पिनासको उपचार गर्न सकिन्छ । त्यस्तै, नाक खुलाउन वा संक्रमण कम गर्न विभिन्न औषधिको प्रयोग गरिन्छ । त्यसैगरी, नियमित बाफ लिएर पनि पिनास कम गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .