छापा खबर


जोखिम भत्ता मात्रै होइन, कोरोना बिमाको भुक्तानीसमेत पाएनन् सुरक्षाकर्मीले

जोखिम भत्ता मात्रै होइन, कोरोना बिमाको भुक्तानीसमेत पाएनन् सुरक्षाकर्मीले

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार २३:३२,

कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारले दिने भनेको जोखिम भत्ता मात्र होइन, बिमाको भुक्तानीसमेत पाएका छैनन् ।

पर्याप्त पैसा नभएको भन्दै राष्ट्रिय बिमा कम्पनी लिमिटेडले उनीहरूलाई भुक्तानी दिएको छैन । यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीका गरी झन्डै १४ हजार कर्मचारी संक्रमित भएका छन् । तर, एकजनाले पनि बिमाबापतको रकम पाएका छैनन् । सुरक्षा निकायसहित सबै सरकारी कर्मचारीको कोरोना बिमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा गरिएको थियो।

अहिलेसम्म नेपाल प्रहरीमा ६ हजार नौ सय ७७ जना संक्रमित भइसकेका छन् । जसमध्ये सक्रिय संक्रमित ६ सय ५३ जना आइसोलेसनमा छन्, ६ हजार तीन सय २१ निको भएका छन् । तीन संक्रमितको मृत्यु भएको छ । संक्रमित कर्मचारीको बिमाको भुक्तानी आउने प्रक्रियामै रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

सेना र सशस्त्र प्रहरीका संक्रमितले पनि बिमाको भुक्तानी पाएका छैनन् । सेनामा चार हजार आठ सय २० जना संक्रमित भएकोमा चार हजार पाँच सय तीनजना निको भइसकेका छन् । तीन सय १५ जना आइसोलेसनमा छन् भने दुईजनाको मृत्यु भएको छ।

त्यस्तै, सशस्त्र प्रहरीका एक हजार नौ सय ६९ कर्मचारी संक्रमित भइसकेका छन् । उनीहरूमध्ये एक हजार आठ सय ८५ जना निको भइसकेको सशस्त्रले जनाएको छ । ८० जना आइसोलेसनमा छन् भने चारजनाको मृत्यु भएको छ ।

तीनै निकायका एकजनाले पनि बिमा भुक्तानी पाएका छैनन् । अर्थ मन्त्रालयले पटक–पटक समयमै भुक्तानी दिन निर्देशन दिए पनि सरकारको लगानी रहेको बिमा कम्पनीले भुक्तानी दिएको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad